दमक, १ पुष ।
दमक -६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था शुक्रबारदेखि दमक १ स्थित हवल्दार चौंकमा कार्यालय स्थानन्तरण गरिएको छ । कार्यालय स्थानन्तरणसँगै नयाँ भवनबाट सेवा शुरु गरिएको सहकारीका निमित्त प्रमुख कार्यकारी दिलीप जवेगुले बताए ।
त्यहाँको किरात धर्म तथा साहित्य उत्थान संघको दोश्रो तलामा स्थान्तरण गरिएको कार्यालय भवनको संस्थाका अध्यक्ष पदम लिम्बू (संकल्प ) ले कार्यालय उद्घाटन गरेका थिए । सो क्रममा संस्थाले शेयर सदस्यहरुको सहजतालाई ध्यान दिदैं दमक १ मा सुविधा सम्पन्न संरचना तयार गरि सेवा पुरयाँउन प्रतिवद्ध भएको जानकारी दिए ।
२०६८ सालमा स्थापना गरिएको सहकारी लामोसमयसम्म दमक ६ स्थित लिङ्गदेन मार्गमा सञ्चालन हुदै आएको भएपनि कार्यालय परिषर साँघुरो भएकाले सेवा दिन असहज भएका कारण भवन स्थानान्तरण गरिएको बताए । उनले नयाँ भवनबाट सदस्यहरुलाई सेवा सञ्चालनमा थप सुविधा पुर्याउन सहज र उपयोगी हुने विश्वास व्यक्त गरे ।
संस्थाले स्थानन्तरण भएको सहकारीको कार्यालयसम्म सेवा लिन आउने सदस्यहरुलाई निश्चित अवधिका लागि सीटीभाडा वापत एकपटकका लागि ५० रुपैयाँ उपलव्ध गराउने भएको छ । संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको विर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरी कारोबार गर्दैै आएको छ । सो संस्थामा हाल शेयर सदस्यको संख्या ३ हजार पुगेको छ ।
सो अवसरमा संस्थाकी उपाध्यक्ष फूलकुमारी आङ्गदेम्बे, कोषाध्यक्ष इक्सा सम्बाहाम्फे, सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, सुवास आचार्य, व्यवस्थापक कुवेर तुम्बापो, शेयर सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।