स्थानीय

नवदुर्गा र गुहेश्वरी टोलको नेतृत्व चयन

कमल, १ पुष।

झापाको कमल गाउँपलिका वडा -५ स्थित साविक हिमाली टोललाई २ टोलमा बिभाजन गरी नयाँ समिति चयन गरिएको छ ।
टोल भेलाले नवदुर्गा टोल बिकास समितिको अध्यक्षमा ताराबहादुर खड्का (अनुप) र गुह्येश्वरी टोल विकास समितिको अध्यक्षमा बिनोदकुमार पाण्डे चुनिएका छन् ।
गठित नवदुर्गा समितिको उपाध्यक्षमा फुलमाया रसाइली, सचिवमा सुशील शेर्मा र कोषाध्यक्षमा संकला राई र सदस्यहरुमा सुरजकुमार कुमाल, रामचन्द्र राई, सुशीला रेग्मी, कमला राई गुरुङ, हेमराज कार्की, बृषलाल मेचे (मनिया) चुनिएका छन् ।
यसैगरि गुहेश्वरी टोल विकास समितिको उपाध्यक्षमा शेरबहादुर आङ्देम्बे, सचिबमा नबिन भट्टराई र कोषाध्यक्षमा सावित्रा खड्का चुनिए भने सदस्यहरुमा देबकुमार चौहान, देबेन्द्रप्रसाद कुईकेल, बनिन आङ्गदेम्बे, जानुका बिष्ट, मनिका तामाङ, उर्मिला घिमिरे बिक र सरीता माझी चुनिएका छन् ।

Author

You may also like