दमक, २९ मंसिर ।
‘योगदान राष्ट्रकालागि’ झापा साखा अन्तगत दमक नगरपालिका स्तरीय समिति गठन भएको छ ।
नवगठित समितिमा संखर चापागाईं ( धनकुटे कान्छा ) अध्यक्ष रहेका छन् भने समितिको उपाध्यक्षमा हेमकला न्यौपाने, सचिव गोबिन्दराज कट्टेल, सह-सचिब भूमिका पोख्रेल र कोषाध्यक्ष सुनिता आचार्य चयन भएका छन् ।
बुधबार दमक नगरपालिका सभाहलमा भएको भेलाले ११ सदस्यीय दमक नगर समिति गठन गरेको जनाएको छ । समितिको सदस्यहरुमा क्रमशः अमृत विष्ट, विष्णुमायाँ उप्रेती, मैना राउत, जुनु श्रेष्ठ, प्रनिता पौड्याल रहेको संस्थाका जिल्ला सदस्य रमा पराजुली गौतमले जानकारी दिएकी छन् । कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष ओम उप्रेतीको उपस्थितिमा भएको थियो ।