दमक, ५ पुस ।
झापाको दमकमा यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदाय (तेस्रो लिङ्गी) अन्तर्गत अन्तरलिङ्गीबाट बच्चा जन्मिएको छ ।
एक व्यक्तिमा महिला तथा पुरुषका दुवै अंग भएका (अन्तरलिङ्गी) बाट बच्चाको जन्म भएको लिड नेपाल झापाकी प्रमुख नुमा लिम्बू ‘चञ्चला’ले जनाइन् । चञ्चलाले भनिन् ‘त्यस्तो समुदायबाट बच्चा जन्माउन सम्भव छ । भर्खरै मात्र दमकमा र त्यसअघि सुरुङ्गामा ‘इन्टरसेक्स’ समुदायबाट बच्चा जन्मिएको हो ।’
दमकमा यस्तो समुदायबाट पहिलो पटक बच्चा जम्माएको भएपनि अन्यत्र समेत गरी झापामै १२ जनाले बच्चा जन्माएको आफुलाई जानकारी भएको उनले बताइन् । सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र पर्दछन् ।
खासगरी यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायभित्र पनि बिभिन्न ‘प्mयाक्टर’ हुनेगर्दछ । जसमा लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष/महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रीय नभएको) आदि हुन्छन्, जसलाई छोटकरीमा ‘एलजीबीटीआइक्युए’ भनिन्छ ।
फरक खालको यौन अभिमुखीकरण र लैङ्गिक पहिचान भएका कारण यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरुमाथि विभिन्न लाञ्छना र अमानवीय व्यवहार हुने गरेको छ उनीहरु परिवार र समाजबाटै अपहेलित हुँदै आएका छन् । तर पछिल्लो समय उनीहरु संगठित हुँदै आफ्नो प्राकृतिक जन्म नै त्यसप्रकारको भएकाले सवै सरह अधिकार, सद्भाव र सम्मानको माग गर्दै आएपछि अवस्था केहि सहज वन्ने क्रममा रहेको छ । तथापि जन्मदर्ता, नागरिकता, राहदानी, विवाहदर्ता प्रमाणपत्रको समस्याबाट पीडित नै छन् ।