मुख्य

दमकमा बोर्ड वे क्याफे सञ्चालनमा

दमक, ६ मंसिर।

दमकमा बोर्ड वे क्याफे सञ्चालनमा आउने भएको छ । दमक ५ स्थित यलम्बर चोकको दक्षिणपट्टि नयाँ डेकोरेसनमा नयाँ आइटमको खाना परिकार सहितको क्याफे सञ्चालनमा आउने भएको हो । स्थानीय विपिन सुवेदी, विशाल पौडेल र विजु तामाङले करिव १ करोड ८६ लाख बढी लगानी गरि क्याफे सञ्चालनमा ल्याउन लागेको सञ्चालक सुवेदीले जानकारी दिए । क्याफेमा एसियन र यूरोपको फ्युजन गरी खानाको परिकार नयाँ स्वादका साथ सेवा दिने योजनासहित ओपनिङको तयारी गरिएको क्याफेका हेडकुक करण प्रधानले बताए ।
क्याफेमा नेपाली खानासहित अर्डर अनुसारका विभिन्न भेज तथा ननभेजमा ग्राहकको माग अनुसार अरवियन र कोरियन परिकार समेत बन्ने बताइएको छ । क्याफे ओपनिङको एक हप्तासम्म कलाकार सविन राई, ह्युमन आचार्य, रक हेड्स ब्याण्डले मनोरञ्जन दिने पनि सञ्चालक सुवेदीले जानकारी दिए ।

You may also like