देश–समाज राष्ट्रिय समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरमा भए गरेका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

हात्तीले मकैमा क्षति
कचनकवल/ कचनकवल गाउँपालिका–१ मिलडाडाँमा जंगली हात्तीको समूहले मकैबारीमा क्षति पुरु¥याएको छ। मंगलबार बिहान करिब ३ बजे महाबिर लिम्बुको करिब ९ कठ्ठा खेतमा मकै खाइदिएर करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको स्थानीयले बताएका छन्। छ जना हात्ती देखिएको अनुमान गरिएको छ। हात्तीहरू क्षति पुरु¥याएपछि वनतर्फ फर्किएको प्रहरी चौकी घेराबारुरीले जानकारी दिएको छ।

प्रसाईको रिहाइको माग गर्दै प्रदर्शन
बिर्तामोड । तीनकुने घटना र दुर्गा प्रसाई पक्राउ परेपछि पहिलोपल्ट प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ ।

तीन बालबालिकाको विष खाएर मृत्यु
सर्लाही । धनुषामा विष सेवन गरेका एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ । आमा भने गम्भीर रहेकी प्रहरीले जनाएको छ। जिल्लाको शहीदनगर नगरपालिका ५ का सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक
(इन्स्पेक्टर) संजीव यादवले जानकारी दिए । आमा ३० वर्षीया पविता साह गम्भीर रहेकी प्रहरीले जनाएको छ। उनको प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

एक वर्षमा ८ लाख विदेशिए
काठमाडौं । पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या करिब आठ लाख पुगेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार २०८१ को वैशाखदेखि चैतसम्म सात लाख ९४ हजार ८४५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसो त अघिल्लो वर्ष चैतदेखि वैशाखसम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या सात लाख ११ हजार ४२३ जना थियो । जुन २०८० भन्दा २०८१ सालमा ८३ हजार ४२२ जनाले बढी हो ।

१५ करोड बढीको पाठ्यपुस्तक बिक्री
नेपालगञ्ज । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८२ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।
नयाँ शैक्षिक सत्रका लागि वैशाख ८ गतेसम्ममा कार्यालयले १५ करोड १९ लाख ८७ हजार ७५५ रुपियाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ । प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले यस वर्षको शैक्षिक सत्रका लागि वैशाख ८ गतेसम्म नेपालगन्ज कार्यालयबाट १५ करोड १९ लाख ८७ हजार ७५५ रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकिएको जानकारी दिए ।

नक्कली डिएसपी पक्राउ
काठमाडौँ । ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेललाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पौडेलले गत आइतबार राति पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित रहेको ढावा रेष्टुरेन्ट एन्ड बारमा विभिन्न खानेकुरा अर्डर गरेर खाएको, पैसा तिर्ने बेलामा ‘म प्रहरीको डीएसपी हुँ भन्दै धाक धम्की दिई काउन्टरमा रहेको कर्मचारीमाथि अभद्र व्यवहार गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सुधार केन्द्रमा लडेर महिलाको मृत्यु
बिर्तामोड । बिर्तामोड ५ किरात चौंकस्थित क्षितिज महिला बिकास समाज सुधार केन्द्रको शौचालयमा लडेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम नगरपालिका वडा न.४ बरबोटे बस्ने ५० वर्षीया जिवनकला काफ्ले रहेकी छन् । सुधार केन्द्रको शौचालयमा लडेर बेहोस भएकी थिईन् । उनलाई सुधार केन्द्रकी संस्थापक तिलरुपा कटुवालले मनमोहन अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

निरौलाले दिए निर्माणाधिन माङहिमलाई सहयोग
दमक । झापाको कमल गाउँपालिका ७ मेमेङ टोलमा निर्माणाधिन किराँत युमा माङहिममा स्थानीय एक जना दाताले आर्थिक सहयोग गरेका छन् । कमल ७ का नारायणप्रसाद निरौला र भगवती निरौलाका जेठो सुपुत्र प्रकाश निरौलाले माङहिम निर्माण गर्न नगद १५ हजार प्रदान गरेका हुन् ।

Author

You may also like