कृषिलाई प्राथमिकता क्षेत्रका रुपमा सरकारले महत्व दिँदै आए पनि औषधिय गुणले भरिपूर्ण मरिच व्यवसायलाई उपेक्षित गरिएको गुनासो आउन थालेको छ । हिजोआज झापाका विभिन्न क्षेत्रमा मरिचको खेती हुँदै आएको छ । गुणस्तर कायम गर्न उनीहरुलाई चुनौति थपिएको छ । थोरै थोरै गर्दै हरेक वर्ष बढाउँदै लगिएको मरिचबाट यहाँका किसानहरु आकर्षित समेत भएका छन् । अन्य बालीभन्दा मरिचमा बढी नाफा देखिने भएकोले पनि कृषकहरु आकर्षित भएका हुन । मरिच प्रशोधन गर्ने मेशिनको अभावमा झापाका किसानले वफाएर सुकाउने तरिकाको प्रयोगलाई जोड दिन थालेका छन् । उनीहरुलाई सरकारले प्रशोधनको क्षेत्रबाट सहयोगको समेत अपेक्षा गरेका छन् ।
उनीहरुको सोच र उद्देश्य भनेको विदेशबाट आयात हुने मरिचलाई प्रतिस्थापन गर्ने नै हो । त्यही उद्देश्यका साथ मरिच खेतीमा उनीहरु लागिरहेका छन । मेशिन उपलव्ध हुन नसक्दा किसानले लामो समय टिकाउन गुणस्तरीय मरिच बनाउन छोटो समय उसिनेर प्रशोधन गर्न थाले पनि बताएका छन् । को खेतीमा जुट्दै आएकी बुद्धशान्ति गाउँपालिकाकी किसान देवीमाया नेपालले बताईन । कमाईका हिसाबले पनि मरिच राम्रो देखिएको छ । सुपारी बगानभित्र लगाइने मरिच हरेक वर्ष १० देखि १५ लाख आम्दानी दिने गरेको छ । लामो समय देखि व्यवसायिक मरिच खेती गर्दै आएकी गीता संग्रौलाले हरेक बर्ष १० देखि १५ लाख रुपयाँसम्मको मरिच उत्पादन गरेर विक्री गर्दै आएकी छन् । झण्डै २ विगाह क्षेत्रको सुपारी बगानमा लगाइएको मरिच राम्रो उत्पादन भएपछि प्रशोधनमा सरकारले चासो नदिँदा भने समस्या भोग्नु परेको गुनासो पोख्नु भयो । विदेशमा कस्ता कस्ता मेशिन आईसक्दा समेत सरकारले मरिच खेतीलाई भने चासो नदिँदा अझै समस्याबीच खेती गर्नु परेको गुनासो उनको छ ।
धानभन्दा राम्रो आम्दानी दिने मरिच प्रवद्र्धन नगरेर कालो मरिचसहित अन्य सेतो र टुक्राइएको गरी बर्षेनी ढेड अर्व मुल्य हाराहारीको मरिच आयात हुँदै आएको छ । पछिल्लो समय जिल्लामा खेती विस्तार धमाधम बढ्दै गएको वेला सरकारले प्रोत्साहनका कार्यक्रमहरु ल्याए आयात प्रतिस्थापन गर्दै जान सके टाउको दुख्ने, रुघामर्की, पिनास, कफ खोकी, हिक्का, फियो, कामज्वरो, आँखामा समस्या भएमा, कुनै अंग नचलेमा, दाँत दुखेमा, अम्लपित्त, भोक जगाउन, अण्डकोषलगायतको उपचारमा मरिचको प्रयोग गरेर औषधीको रुपमा प्रयोग गर्ने गरिएको हुँदा मरिच निर्यातका लागि आवश्यक सहजीकरण गर्दै संरक्षण, प्रवद्र्धन र प्रोत्साहनका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।
