देश–समाज राष्ट्रिय समाचार स्थानीय

एशियन राजमार्ग विस्तार कार्यको अवस्था

झापा। एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र रूपमा भईरहेको छ ।
सडक विस्तारका लागि २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको होरु। एक वर्षको अवधिमा ११ प्रतिशत भौतिक र ६.५५ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना निर्देशनालय (एडिबी) का निर्देशक चूडाराज ढकालका अनुसार माघ १९ मा काम सुरु भए पनि रुख कटान, बिजुलीका पोल सार्ने, खानेपानीका पाइप स्थानान्तरण गर्ने, केबल नेटका तार हटाउनेलगायतका कामले साइट क्लियर गर्न  बढी समय खर्च भयो । अझ असोजसम्म परेको काम गर्न ‘डिस्टर्ब’ भयो । उहाँले अब समग्रमा मासिक ३.५ प्रतिशतको भौतिक प्रगतिको लक्ष्य राखेका काम सुरु गरिएको बताए ।
 आयोजनालाई काम गर्न झापा खण्डमा माटोको अभाव भइरहेको छ । स्थानीयले बिक्री गरेको माटोसमेत चुरे संरक्षणका नाममा रोकिएको छ । राज्यको गौरवको आयोजनाका लागि सानातिना समस्या समाधान गर्न स्थानीय सरकारको सहयोग आवश्यक परेको आयोजना निर्देशक ढकालले बताए । उनले भने, “लाखौँ ट्रक माटो आवश्यक पर्छ । आयोजनाले किनेर उपयोग गर्ने हो । बिक्री गर्न चाहनेलाई कुनै पनि बहानामा रोकिदिनु भएन ।”
ढकालका अनुसार सडक तीन खण्डमा ठेक्का लागेको छ भने तीन सय मिटरभन्दा लामा पुल दुई खण्डमा ठेक्का लागेको छरु। पहिलो खण्डमा काँकडभिट्टादेखि केर्खाको सीतापुरी सम्मको ४५ किलोमिटर सडक १० अर्ब छ करोडमा ठेक्का लागेको हो । यस खण्डमा १२.५ प्रतिशत भौतिक प्रगति भएको छ भने १० प्रतिशत वित्तीय प्रगति भएको छ ।
दोस्रो खण्डमा झापाको केर्खादेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर सडक नौ अर्ब १३ करोड ८२ लाख रुपियाँमा ठेक्का लागेको छरु। यस खण्डमा १८ किलोमिटर जङ्गल क्षेत्रमा पर्छ रु। कम विवाद र समयमा नै साइट क्लियर भएकाले यस खण्डमा १५.५६ प्रतिशत भौतिक र ७.७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
घना आवास क्षेत्र र इटहरी उपमहानगरपालिका क्षेत्र रहेको तेस्रो खण्डको काम सबैभन्दा सुस्त गतिमा अगाडि बढेको छ । मोरङको गोठगाउँबाट इटहरी उपमहानगर पालिकाको लबिपुरसम्मको १०.७६ किलोमिटर चार अर्ब सात करोड ३५ लाख रुपियाँमा ठेक्का लागेको हो । यस सडकको हालसम्म ६.१ प्रतिशत भौतिक र ४.७९ प्रतिशत वित्तीय प्रगति भएको छ ।
यस्तै पूर्वी खण्डका तीन वटा लामा पुलको ठेक्का चौथो प्याकेजमा लागेको छरु। पूर्वी खण्ड निन्दा, बिरिङ र कनकाईमा तीन सय मिटरभन्दा लामा पुल पाँच अर्ब ९७ करोड रुपियाँमा ठेक्का लागेको हो । हालसम्म पुलको ९.६ प्रतिशत भौतिक र ४.७९ प्रतिशत वित्तीय प्रगति भएको छ । पश्चिम खण्डमा पर्ने तीन सय मिटर लामा पुलको पाँचौँ प्याकेजमा अलग्गै ठेक्का सम्झौता भएको छ ।
जसको हालसम्म ११.४ प्रतिशत भौतिक र ६.६ प्रतिशत वित्तीय प्रगति भएको छरु। पश्चिम खण्डका तीन वटा खोला रतुवा, बक्राहा र लोहन्द्रामा तीन सय मिटर लामा पुल निर्माण भइरहेका छन् । पुल निर्माणको काम पूर्वी खण्डकै निर्माण कम्पनीले गरिरहेको योजना प्रमुख जगत प्रजापतीले बताए । उनका अनुसार तीन वटा पुल  पाँच अर्ब ६५ करोड २६ लाख रुपियाँमा ठेक्का लागेको छरु। पूर्वी खण्डमा पुल निर्माणको काम कोभेक–सिआरएफजी–तुङ्दी जेभीले गरिरहेका छन् भने सडक इभरस्कोन–कालिका जेभीले निर्माण गरिरहेका छन् ।
पहिलो खण्डमा ८५ वटा बक्स कलभर्टमध्ये अधिकांश निर्माणको अन्तिम चरणमा छन् ।  चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुनेछ । चारआलीको जङ्गल क्षेत्रमा हात्तीका लागि अन्डरपास र छ वटा पैदलयात्री क्रसिङ धमाधम निर्माण भइरहेका छन् ।
यता योजनाको पश्चिम खण्ड कार्यालयका प्रमुख जगत प्रजापतिले पश्चिम खण्ड अन्तर्गत प्याकेज नं. २, ३ र ५ गरी तीन वटा ठेक्का रहेको बताए । कार्यालय प्रमुख प्रजापतिले भने,  “दोस्रो खण्डमा सबैभन्दा बढी काम भएको छ । पुलमा पाइल्स लगाउने काम सकिएको छ । यस्तै ४७ वटै बक्स कलभर्टको निर्माण अन्तिम चरणमा पुगेको छरु। केही कलभर्ट चालु भइसकेका छन् । यही गतिमा काम भए यस खण्डमा अब मासिक चार प्रतिशत भौतिक प्रगति हुन्छरु।” दोस्रो खण्डमा सबवे हाल्न थालिएको छ । उनले हालसम्म तीन हजार ५७६ घनमिटर सबबेस हालिसकेको बताए ।
पश्चिम खण्डको सडकको दुवै प्याकेजको काम सिआरएफजी–तुङ्दी जेभीले गरिरहेका छन् । मुख्य सहरी क्षेत्रमा ५० मिटरको सडक बन्ने भएकाले ती क्षेत्रमा रहेका घरटहराका बरन्डा, रेलिङलगायत हटाउन (साइट क्लियरेन्स) बाँकी छ । काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गतका सबै प्याकेजको काम २०८३ कात्तिकमा सम्पन्न गर्नुपर्नेछ । 

Author

You may also like