देश–समाज मुख्य राष्ट्रिय समाचार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राबाट १३३ सडकआश्रित मानवको उद्दार

दमक/ मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शनिबारसम्म १ सय ३३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार रुपन्देही बुटवल उपमहानगरपालिका –९ बाट ५ जना, देवदह नगरपालिकाबाट–७ बाट ४ जना र नवलपरासी पश्चिम सुनवल नगरपालिका–३ बाट २ जना, प्रतापपुर गाउँपालिका–२ बाट २ जना गरि १३ जना सडकआश्रित मानवहरुको उद्धार भएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।
उद्धार भएका १२ जना पुरुष र १ जना महिलालाई मानवसेवा आश्रम रुपन्देहीको तिलोत्तमा सेवा केन्द्रमा गृह प्रवेश गराइएको छ । राष्ट्रिय उद्धार टोली शुक्रबार रुपन्देही र नवलपरासी पश्चिमका विभिन्न स्थानीय पालिकाका सडकपेटीमा अलपत्र अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा खटिएको थियो । राष्ट्रिय उद्धार टोली शनिबार कपिलवस्तु, तौलिहवा, कृष्णनगर क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थाका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम तय भएको छ ।
हालसम्म उद्दार गरिएका १३३ मध्ये गरिएका ३० महिला र १०३ जना पुरुषको संख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् ।
दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷ केन्द्रीय अध्यक्ष रामजी अधिकारी सहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ ।

Author

You may also like