मुख्य स्थानीय

आगलागीमा मर्नेको संख्या पाँच पुग्यो

उर्लाबारी, १४ मंसिर
मोरङको उर्लाबारीमा तिहारको लक्ष्मिपूजाको दिन भएको आगलागी घटनामा परेर सख्त घाइते भएका अर्का एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको छ । योसँगै सो आगलागीबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
आगलागीमा परेर सख्त घाइते उर्लाबारी ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राती कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
गत कात्तिक २६ गते लक्ष्मीपूजाको राती उर्लाबारी ७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । ती घाइतेमध्ये पाँचजनाको मृत्यु भइसकेको छ ।
सुनचाँदी पसलमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा धेरै आगोमा जलेका थिए ।
यो आगलागी घटनाका २० जना घाइतेको अहिले पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा अझै चार जना छन् ।
यसअघि उर्लाबारी– ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार

Author

You may also like