मुख्य

जेसीजमा झापाबाट ३ जना पदाधिकारी निर्वाचित

दमक, ३ पुष ।

बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनबाट वर्ष २०२४ का लागि अध्यक्षमा रविन पोखरेल विजयी भएका छन् । सो समितिमा झापाबाट १ जना कार्यकारी उपाध्यक्ष र २ जना उपाध्यक्षमा विजयी वन्न पुगेका छन् ।
अध्यक्षमा पोेखरेलले ५१० मत ल्याएर विजयी बनेका हुन् ।उ नका निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाएकी थिइन । ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाई पराजित गरेका थिए । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् ।
कार्यकारी उपाध्यक्षमा झापा अर्जुनधारा जेसीजका पूर्व अध्यक्ष भीमवहादुर कुँवरका साथै अनुप सुनुवार, राजाराम गौतम, सिनेटर सन्दिप अग्रहरी विजयी भए । महासचिवमा सरोज अधिकारी, कानूनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका छन् । उपाध्यक्षमा झापाको वीरता जेसीजका पूर्व अध्यक्ष समेत रहेका घनश्याम चौधरी, धुलाबारी जेसीजका योगेश राजवंशीका साथै अमर घिमिरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भएका छन् । ४ जना राष्ट्रिय कार्यकारी उपाध्यक्षका लागि ९ जना चुनावी मैदानमा थिए । राष्ट्रिय उपाध्यक्ष १२ जनाका लागि २२ जना मैदानमा थिए । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको अधिवेशनमा विद्युतीय मेसिनमार्फत भोटिङ भएको थियो ।

Author

You may also like