संविधानले भविष्यको आवश्यकता र पिढिहरुको चाहनालाई प्रतिबिम्बित गर्दछ । यस संविधानका पनि केही कुराहरू प्रति गुनासो अनि असहमति हुने नेपाली नागरिक र समुदाय नभएका होइनन तर संविधान एकै पटकमा पूर्ण र सर्वसहमति मूल देशले इतिहासमै प्रथमपटक जनप्रतिनिधि सम्मिलित संविधान सभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्टूपति रामवरण यादवले “नेपालको संविधान” २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसङ्गै जनताले चुनेका जनप्रतिनिधिमार्फत् संविधान बनाउने ६५ बर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो पनि आज ठ्याक्कै ९ बर्ष पूरा भएको दिन । यतिमात्र होइन संविधान जारी गर्ने नेपाली जनताको देशकौ सपना साकार भएको सम्झने दिन पनि हो, आजै ।
राष्ट्रलाई विकास र समृद्धितर्फ लैजानुपर्ने कार्यभार बोकेको यो समयमा नेतृत्व त्यसप्रति गम्भीर हुन अहिलेसम्म सकिरहेको छैन, कसैलाई पनि चिन्तै छैन । मुलुकलाई राजनीतिक स्थायित्व दिने, दिगो शान्ति स्थापना गर्न,
तत्कालीन समयमा अनेकौं चुनौतीका बीच संविधान जारी हुनु आफैंमा एउटा महत्वपूर्ण उपलब्धि पनि हो भन्न सकिन्छ । उतिबेलाको महान नेपाली जनताको त्याग र संघर्षको तुफानी आधिबेहेरी हेर्ने हो भने दुःख लागेर आउँछ अनि नेताहरुको मुख हेर्नपनि मन लाग्दैन अहिले किनकि हिजो बलिदान गर्नेहरुको उत्सर्गको फल नेताहरुले पाएका छन । विश्वको शिर सगरमाथा बोकेको अनि वीर र वीरंगनाको स्वर्णिम इतिहास भएको हाम्रो देश नेपालको सार्वभौमसत्ता अनि स्वतन्त्रता विश्वकै लागि एउटा उदाहरण अनि गर्वको विषय हो । नेपालको सार्वभौमसत्ता, नेपाली माटो र नेपालीहरु अहिलेसम्म कुनैपनि देशको उपनिवेश या पराइको अधिनमा रहेको इतिहासनै छैन । चाहे त्यो ७ साल, १७ सालको क्रान्ति होस्, २०३६ सालको जनमत संग्रह होस् या ४६ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात् १० बर्षे सशस्त्र द्वन्दपछिको ६२÷६३ सालको जनआन्दोलननै किन नहोस । नेपालीहरुले युग र पिँढी सापेक्ष ढंगको आफ्नो स्वतन्त्रताको नयाँ खाका कोरिनै रहेका थिए, हिजोका दिनमा आज तमाम नेपाली जनता मौन बसेका छन किनकि नेताहरूले भनेजस्तो संविधानको मर्म र भावनामा आज कुठाराघात परेको छ । न निल्नु न ओकल्नु बनाए दलहरुले, मात्र सत्तालिप्साको भ¥याङ चढिरहेका छन नेताहरु । लोकतान्त्रिक गणतन्त्र लावारिस जस्तै बनेको छ । सबैलाई सत्ताको उन्माद छ । कसलाई लडाउ र सत्तामा जाउ भन्ने संकीर्ण सोचले देश दपेटामा अल्झिरहेको छ । सङ्घीय गणतान्त्रिक शासन ब्यबस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट अनुमोदन गरी जारी गरिएको यो संविधानले नेपालको स्वतन्त्रता सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्टिूय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेर जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व(शासनको अधिकारलाई आत्मसात गर्दै राष्टूहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताको स्वविवेकले पटकपटक हुँदै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं ज्ञात अज्ञात सहिद तथा बेपत्ता र पीडित नागरिकहरुलाइ सम्मान गर्नुपर्ने हो त्यो भने गर्नै सकेको छैन ।
यहाँ हामी सर्वसाधारण नेपाली जनताले यो सम्म यतिबेला भनिरहदा कुनै दलका दलालहरु माथ मथिङ्गलमा उतारचढाव आउला तर यो फेहरिस्त सत्य हो किनकि यहाँ संविधानत ः पालनागर्ने कुनै दलहरु र तिनका नेतृत्वसमेत फेलर छन यहाँ । संविधानले बलियो संसद, स्थिर सरकार र स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको छ तर संविधान जारी भएपछिको ९ बर्षको अभ्यास हेर्दा अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै उपलब्धिलाई संस्थागत गर्नुपर्ने हो तर यहाँ त संस्थागत भ्रष्टाचार, अनियमितता, अनेकन काण्डै काण्डले देश खोक्रो बनाएको अवस्था छ, अहिलेसम्म । हातमा सर्टिफेकेट भएका लाखौं विद्यार्थी आज दिनप्रतिदिन मुग्लान जान बाध्य छन । आखिर यो बनायो कसले ? तिनै बयोबृद्द नेताहरूलेनै हो । आज दिनप्रतिदिन च्याउझै पलाएका राजनीति दलहरु र तिनका तल्लोदेखि उपल्लो दर्जाका नेताहरुको कर्तुत हेर्दासम्म हामीलाई लाज लागेर आउँछ । यो सम्झदा अहिले सरकारले संविधान दिवसकै उपलक्ष्यमा सार्वजनिक बिदा दिने, साझमा बत्ती बाल्ने, शुभकामना बाढ्ने, देखावटी कार्यक्रममात्र गर्नुको सट्टा संविधानमा उल्लेख भएका कुराहरुको अधिनमा सही कार्य भए, भएनन, त्योपनि फर्केर हेर्दा धेरै काम भएकै छन तर अहिले विभिन्न मुद्दाहरु थन्किएका छन, यसलाई विचाराधिन राख्ने पक्षमा न ठूला दलहरु छन न सानादल हरु छन । सबै मिलिभगतमै चलेको देखिन्छ बोल्ने र मुद्दा भटाभट उठान गर्ने कुनै दलै देखिन्न । संविधानलाई जड दस्तावेजको रूपमा होइन, आवश्यकता अनुसार लचिलो मूल कानुनको रूपमा गर्दै आगामी दिनमा संविधानमा समेटन बाँकी रहेका दस्तावेजहरु क्रमशः थप्दै लैजाने प्रतिवद्दता दलहरुले हिजो गरेका समेत आजसम्म पूरा हुन नसक्नु एउटा लज्जास्पद कुरा हो भन्न सकिन्छ ।
पुरानो राज्य ब्यबस्थाबाट नेपाली जनता पिल्सिएर बाचिरहेको बेला नेपाली जनताले बिल्कुलै नयाँ परिवेशमा नयाँ–नयाँ हिजो खोजिरहेको अवस्थामा पनि सरकार लडाउने, गिराउने खेलमै मात्र दलहरु लागे माख्खो मार्न सकेनन । एकले अर्कालाई लडाउने, सिध्याउने खेलमा लागेर अघि बढेका हुँदा महान नेपाली जनताहरु रोग र भोकमा पिल्सिरहे । यस्तै–यस्तै खेलमात्रमा खेले दलहरुले । आज मुलुकमा लोकतन्त्रको स्थापना भएको दशक भइसकेको छ । यो बीचमा लोकतन्त्रको स्थापना भएसङ्गै हामीले थुप्रै काम गर्नु थियो, धेरै कुराको कार्यभार सम्पन्न गर्नुथियो । तर, आज यी सम्भव हुन सकेनन । देश हाक्ने बयोबृद्ध नेताहरु आन्तरिक खिचातानी र सत्तालिप्साको भागदौडमा अहिलेपनि लागिरहेका छन । विभिन्न काण्डमा परेका हिजोका व्यक्ति आज सरकारको उच्च नेतृत्वमा बसेर आफ्नो कर्तुत पैतालाले टेक्दै अघि बढिरहेका छन । यतिसम्म कि देशमा लोकतन्त्र आएदेखि अहिलेसम्म धेरैवटा सरकार बने, फेरिए, फेरि बने अहिलेपनि अब फेरिने क्रममा छन । तर, हिजोका दिनमा जति आए पुरानै छाता ओढेर आए । लोकतन्त्रको पद्धतिअनुरुप जनताको समृद्धि र मुलुकको समग्र प्रगतिको निम्ति कोहीपनि इमानदार भएर आउन सकेनन । जतिनै क्रान्तिकारी कुरा गरून् । हामी नयाँ पार्टी हौं हामीलाई माइण्डेड दिनुहोस् हामी देश हाँक्छौ भनेर क्रान्तिकारी कुरा गरून् तर यहाँ केही हुनेवाला छैन । सबै गेरुवस्त्र र खरानी धसेरै आएका छन । “मुखमा रामराम बगलीमा छुरा “घस्ने बनेरै आएका छन ।
मुलुकलाई राजनीतिक स्थायित्व दिने, दिगो शान्ति स्थापना गर्न, राष्टूलाई विकास र समृद्धितर्फ लैजानुपर्ने कार्यभार बोकेको यो समयमा नेतृत्व त्यसप्रति गम्भीर हुन अहिलेसम्म सकिरहेको छैन, कसैलाई पनि चिन्तै छैन । जनातिका पालासम्म कमाएर राखिदिन उद्दत छन नेताहरू । युवा नेतृत्वहरुसम्म अर्थतन्त्रका निम्ति मरिहत्ते गरिरहेका छन । इमानदारी कुन चरीको नाम हो ? भन्ने प्रश्नको उत्तर दिनेवाला खोजेरपनि युवा नेतृत्व भेटन सकिन्न । अबका दिनमा यसको सफल नेतृत्व युवैहरुले चुन्न सक्नुपर्छ, कसैको दवावमा परेर अबपनि बयोबृद्दहरुलाई सत्ताको चावी सुम्पिन्न अघि बढनु हुन्न । आज संविधान दिवसको अवसरमा सम्पूर्ण युवाहरु एकजुट भएर शान्तिको कामना गर्दै उज्ज्वल दीप प्रज्वलन गरौं । र संविधान दिवसले महान नेपाली जनताहरुको निराशाहरु छन भने अब सबै आशामा रुपान्तरण होउन । सम्पूर्ण स्वतन्त्र मनहरुमा यो कलमीको संविधान दिवस ( २०८१ को शुभकामना ।