रक्तचाप अथवा ब्लडप्रेसर हरेक मानिसलाई सामान्य मात्रामा हुन्छ । यो हुनु भनेको नै मानिस जीवित् रहनु हो । रक्तचाप सामान्य भन्दा धेरै भयो भने उच्च रक्तचाप र सामान्य भन्दा थोरै भयो भने न्युन् रक्तचाप भनिन्छ । मुटुको खुम्चिने र फैलिने प्रकृया आमाको गर्भमा हुँदादेखि नै सुरु हन्छ र जीवनको अन्तिम समयसम्म रहन्छ । जुनबेला मुटुको गति हुँदैन त्यही बेला मानिसलाई मृत घोषित गरिन्छ । त्यसैले मुटु खुम्चिँदा र फैलिँदा मुटुमा भएको रगत रक्तनसा भएर शरीरमा पुग्ने क्रममा रगतको बेगले नसामा देखाउने दबाबलाई रक्तचाप भनिन्छ । मुटु खुम्चिँदा रक्तनसामा देखिने अधिकतम् दबाबलाई सिस्टोलिक(माथिको) र मुटु फैलिदा रक्तनसामा देखिने दबाबलाई डइस्टोलिक
(तलको) प्रेसर या रक्तचाप भन्न्छि । औषत् रक्तचाप १२०÷८० एमएमअफ एचजी हो तर प्लस या माइनस १५ लाई सामान्य मानिन्छ । यदि सामान्य भन्दा कम देखिएमा न्यून् रक्तचाप र धेरै देखिएमा उच्च रक्तचाप मानिन्छ ।
सामान्यतया १४०÷९०एमएम अफ एचजीलाई बोर्डर विन्दु भन्निछ । यदि यो लामो समय रहिरहेमा या उच्च अवस्थामा देखिएमा नियन्त्रण गर्ने औषधीको आवश्यकता पर्छ । रक्तचाप उच्च भएमा टाउँको दुख्ने, तनावमा रहने, चाडैँ रिसाउन, टाउँको या हातखुट्टा दुख्ने, निदाउँने जस्ता लक्षण हुन्छन् भने न्यून रक्तचाप भएमा कमजोरी देखापर्ने, धेरै निद्रा आउने, थकाई लाग्ने, काममा मन नलाग्ने जस्ता लक्षणहरु देखापर्छन् । न्यून् रक्तचाप भएमा सामान्यतया झोलिलो र पोषिलो खाना खाएमा ठिक हुन्छ । अन्य रोग जस्तो हाइपो थाइराइड् या विभिन्न प्रकारका भिटामीनको कमी या अन्य रोग हुनसक्छ । जसको समयमा नै उपचार भए न्यून् रक्तचाप बढेर सामान्य अवस्थामा आउँछ । उच्च रक्तचापलाई समयमा नै नियन्त्रणमा राख्न सकिएन भने यसले मृगौला, आँखा या मस्तिष्कलाई नै असर गर्ने र कित पक्षघात कित अचानक मुत्यु र सबै भन्दा धेरै जोखिम भनेको मृगौला फेल हुने हुन्छ । त्यसैले बेलैमा सचेत भएर कम्तिमा ३० वर्ष नाघेका र जोखिम बढी भएका कुनै पनि उमेर समुहले नियमित रक्तचापको जाँच गराउनुपर्छ ।
रक्तचाप जाँच गरेर मात्रा थाँहा पाउँन सकिने हुँदा यसका लक्षणहरु सबै मानिसमा नदेखिन सक्छन् । आजकल धेरै मानिसहरु तनावमा काम गर्ने, रातीको सुताई र आराम कम हुने, खानामा अत्यधिक चिल्लो, मसला, मासुजन्य परिकार, फास्टफुड अनि चुरोट पिउनेका संख्या बढेको छ । एकै पटकको बसाईमा पोलेको मासु, चुरोट र मादक पदार्थ सेवन गरिन्छ । यसमा चिल्लो, नुनिलो र निकोटिन धेरै हुने भएकाले रक्तचाप बढ्ने, केलेस्ट्रोल बढ्ने र ज्यान पनि मोटो हुनेगर्छ । परिणाम उच्च रक्तचाप या मधुमेह । जसको समयमै नियन्त्रण नभएमा बिस्तारै रक्तचापका कारण मृगौलामा पनि अनावश्यक दबाब पर्न जान्छ । थाहै नपाई मृगौला फेल हेनेको संख्या दिन प्रतिदिन बढेको बढेकै छ ।
सामान्यतया मृगौलाको आप्mनो काम मुटुबाट आएको रगतमा रहेका शरीरलाई नचाहिने तत्वहरु छानेर पिसाब मार्फत् बाहिर प्mयाँक्ने हो । जस्तै सोडियम, पोटासियम जस्ता अनेकन तत्वलाई त्यहाँ रहेका असख्य सुक्ष्म नेफ्रोनहरुले छानेर आवश्यक मात्रामा राख्ने र अनावश्यकलाई पिसाबको माध्यम भएर बाहिर निकाल्ने काम गर्छ । साँथमा बिभिन्न प्रकारका हर्मोनको उत्पादन गर्ने काम पनि गर्छ । यदि मृगौलामा अनावश्क दबाब या रक्त सञ्चारमा अनियमितता भएमा नियमित काममा गड्बढी हुनपुग्छ । परिणाम बिस्तारै मृगौलाले काम गर्न कामी गर्दैै जान्छ । जसलाई हामी किड्नीको कमजोरी या धेरै देखिएमा फेल भएको भन्दछौ । यसको मुख्य कारण उच्च रक्तचाप नै हो । अन्य कारणहरु पनि हुन्छन् तर कमै मात्रमा हुन्छन् । लामो समयसम्म पिसाबमा खराबी, पथरिया, पानीको कमी, खानपान, अत्यधिक गर्मीमा बसाई या काम गराई, अनावश्यक पेनकिलरको सेवन, अत्यधिक र अनावश्यक औषधीको सेवन पनि मृगौला फेल हुने कारण हुन् । त्यसैले बेलैमा सचेत हुनु आवश्यक हुन्छ ।
परिक्षण ः पिसाबको सामान्य जाँचबाट पनि मृगौलाको अवस्था पत्ता लगाउन सकिने र रक्तचापको जाँचबाट रक्तचाप थाहा पाउन सकिने हुँदा बिना ठूलो खर्च आप्mनो शरीरको अवस्था पत्ता लगाएर ढुक्क रहन सकिन्छ । शंका लागेमा अन्य जाँच जस्तै किडनी फङ्सन टेस्ट, भिडियो एक्स–रे आदि गराइन्छ । यदि समयमै उपचार या सर्तकता नअपनाएमा धरै असहज परिस्थितीको सामना गर्नुपर्ने हुन्छ । त्यसैले उच्च रक्तचापलाई स्लो प्वाइजन अथवा मन्द विष पनि भन्ने गरिन्छ । आजकल हरेक अस्पतालमा उच्च रक्तचाप भएका बिरामीको संख्या धेरै पाइन्छ भने यसकै कारण मृगौला रोगी त्यसमा पनि मृगौला फेल भएका र डायलासिस गर्नेको संख्या बढेको देख्न सकिन्छ । यो अवस्थामा कित बाँचुञ्जेल डाइलाइसिस कित मृगौला प्रत्यारोपण । दुबै भने सहज छैन् । नेपाल सरकारले यस्ता बिरामीलाई सहयोग गर्ने गरेको भए पनि अप्रयाप्त छ ।
त्यसैले समयमै सजग रहौँ थोरै खाऔँ, धेरै पानी पिऔँँ । फास्टफुड, नुन, चिल्लो धेरै भएका खानेकुरा नखाऔं । हरेक दिन व्यायाम र योग अभ्यास गरौं । तनाव कम गर्न सिकांै । सामाजिक भावना राखौं । र, समय समयमा या केहि असहज हुने बि त्तिकै चिकित्सकको सल्लाहामा मात्रै औषधीको सेवन गरौं । विशेष भएका बिरामीमा मृगौलाले रगतमा भएका अनावश्यक तत्वलाई छानेर पिसाब मार्फत् बाहिर प्mयाँक्न सक्दैन । यसो हुँदा अनावश्यक तत्व शरीरमै जम्म हुनपुग्छ । शरीर सुन्निने, पिसाब कम हुने, पेट सुन्निएर श्वास फेर्न कठिन हुने, बान्ता हुने, रगतको मात्रा घटने अथवा रक्त अल्पता देखापर्ने, क्याल्सियमको मात्र घटेर जाने जस्ता लक्षण बिस्तारै देखापर्छन् ।
उपचार ः आजको स्वास्थ विज्ञानमा धेरै उपचार पद्धतिको विकास भएको छ । एलोप्याथिक उपचारमा औषधीले नभएमा डाइलाइसिस या मृगौला प्रत्यारोपण हो । यता होमियोप्याथिक उपचार पद्धतिबाट मृगौला सम्बन्धि धेरै प्रकारका रोगको सफल उपचार हुनसक्ने स्यंम लेखकको पनि अनुभव रहेको छ । पथरिया, पिसाबमा पटक पटकको संक्रमण, प्रोस्टेटका कारण पिसावमा समस्या, र मृगौला फेल भएको खण्डमा र डायालासिस पूवै नै होमियोप्याथिक उपचार लिएमा सहज, सरल र विना कुप्रभाव विरामीको सफल उपचार हुनेकुरा पनि विरामी वर्गमा आप्mनो अनुभव राख्न चाहन्छु । लेखक रीता होमियो क्लिनिक सेन्टरका सञ्चालक पनि हुन् ।