लेख विचार/वहस

मेरो जन्मभूमि दमक : बिगत र बर्तमान

आफू जहाँ जन्मियो, हुर्कियो, पढियो, बालापनमा आफूले भोगेका जिन्दगीका पलहरु बाचुन्जेल सम्झिनुपर्दो रहेछ । नयाँ–नयाँ अनुभव र पुराना यादहरु यो मानसपटमा आइरहँदा रहेछन् । आफू जहाँ गए नि आफू जन्मिएको ठाउँ प्यारो लाग्दो रहेछ । तिनै यादगरहरुलाई मेरो स्मृतिपटमा राखेर तपाईंहरु माझ म आजभन्दा ५० बर्ष अघि जन्मिएको भूमि झापा जिल्लाको दमक –०२, खरखरे लगायतका दमकभरि र छिमेकी जिल्लाहरुको बारेमा “दमक ः बिगत र बर्तमान“संग सम्बन्धित यथार्थ लेख तपाईंहरु मार्फत् उठान गर्दैछु जुन यथार्थपरक छ । नेपालको सुदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित कोशी प्रदेशको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ इलाम जिल्लाको चुलाचुली गाउँपालिका, दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिमतर्फ मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिका र उर्लाबारी नगरपालिका र पूर्वतर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन् । दमकको पूर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ। दमकको रतुवा पुल पूर्वी नेपालको लामो पुल मध्येको एक हो । यसको लम्बाई ५८५ मिटर छ । विशेषत ः दमक नगरपालिकाको आधिकारिक फेसबुक पेजमा “औद्योगिक, पर्यटकीय र हरित नगर ः स्वच्छ, सुरक्षित र समृद्द नगर“ भनेर यो नगरपालिकाको परिचय दिइएको छ । यस नगरपालिकाको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि. रहेको छ भने यहाँ विशेष गरेर बाहँुन, क्षेत्री, धिमाल, श्रेष्ठ, लिम्बु, राई, मगर, सतार, राजवंशी, कुमाल, दर्जी, विश्वकर्मा, तामाङ, गुरुङ, मुस्लिम, थारु, सुनुवार, माझी आदि विभिन्न जातजातिहरुको बाहुल्यता छ । यहाँ प्रत्येक जातजाति र भाषा–भाषीहरुको आ–आप्mनै रितिरिवाज, धर्म, संस्कृति परम्परा छ । वि.सं. २०३९ सालमा तत्कालिन नगर पञ्चायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा साविकका १९ वटा वडाहरु रहेकोमा नेपाल सरकारद्वारा मिति २०७३÷११÷२७ गते गरिएको पुनः संरचना अनुसार हाल १० वटा वडामा कायम रहि नगरपलिका, नगर कार्यपालिकाको कार्यालय रहेको छ । विगतदेखि वर्तमान अवस्थालाई सरसर्ती हेर्नुपर्दा विकास निर्माणमा छलाङ्ग मारेको प्रतीत् हुन्छ । हिजोको दमक र आजको दमकलाई तुलना गर्न नसकिने जस्तो देख्न सकिन्छ । हिजो जस्तो लाग्छ दमक– ०२ खरखरेबाट आधारभूत तह अध्ययन गर्न हाल दमक–०७ मा अवस्थित पृथ्वी माध्यमिक विद्यालयमा कक्षा–०३ सम्म विगतमा पढदाताकाको यादगर कहिले म बिर्सन सक्दिँन । उतिबेलाको जेठा बाउको गोदाम, पूर्व प्रधानपञ्च धनबहादुर श्रेष्ठज्यूको आँपको बगैचा हुँदै हालको पृथ्वी मावी पढ्न आउँदाको बाटाघाटाहरु अहिले त्यही स्थान भएर हिँडदा यादगार हुन्छ कि पुराना अवशेषहरु अहिले आएर हराइसकेका छन । कुनै बेला म त्यही जन्मेको ठाउँमा अवस्थित प्रदेश–१ कै नमूना विद्यालय हिमालय माध्यमिक विद्यालयको उतिबेलाको बाटुले चौर जो अहिले अत्याधुनिक भवन बनेका कारण पुराना संरचना हटाइएका छन । त्यहीभित्र बनेको मञ्चमा नाटक मञ्चन गरेर आप्mनो अभिनय कलामा मलाई हौसला प्रदान गर्नुहुने मेरा अग्रज सुप्रसिद्व लोकगायक एल. पी. जोशी जो भर्खरै मात्र स्वर्गवास हुनुभयो वहाँ र वरिष्ठ कलाकार राम बुढाथोकी ज्यूलाई म जीवनभर कहिले बिर्सन सक्दिन । वहाँहरुले दिनुभएको हौसला र प्रेरणाले गर्दा दमकदेखि काठमाण्डौसम्म सडक नाटक मञ्चन गर्न पाइयो । स्कुल पढ्दा ताका मलाई प्रेरणा दिनुहुने सामाजिक तथा धार्मिक ब्यक्तित्व आदरणीय मेरो प्रेरणाका श्रोत भवानी मिश्रज्यूलाई म कहिले बिर्सनै सक्दिँन । दमक बिगतदेखि बर्तमान सम्म दृष्टिगोचर गर्नैपर्दा हिजोका दिनमा दमक नगरपालिका वरिपरिका जमिनहरु व्यवस्थित थिएनन् । सडकका पेटीहरु फराकिला थिए । नगरपालिकाकै समिपमा रहेको दुरसंचारको टावर अत्यन्तै आकर्षणको केन्द्र बिन्दु थियो । त्यहीँ नजिकै रहेको निलकण्ठ चलचित्र मन्दिरमा नेपाली र हिन्दी चलचित्र हेर्नेहरुको घुइँचो यति थियो त्यो किटान गरेरै सकिन्न । अहिले त त्यो सिनेमा हल पनि बन्द भएछ । त्यसैको नजिकै अहिले अत्याधुनिक एडभान्स अस्पतालको सेवा सञ्चालन भएको नि धेरै भएछ। अहिले हेर्छु दमकको तीव्र विकास र प्रगति हेर्दा दमक हाम्रो चमकै बनेको देखिन्छ । अहिले कतै ढुङ्गा, गिटी, बालुवा र रडै रडको सहर हो कि भन्ने भान हुन्छ । गगनचुम्बी घरहरु, डी म्याक्स हल, सिनेमा घर, निजी तथा सरकारी अस्पताल, डिपार्टमेन्ट स्टोर, भाटभटेनी सुपर मार्केट, आलिसान भ्यू टावर, नाम चलेका सामुदायिक विद्यालयहरु, बहुमुखी बिषयमा खुलेका निजी क्याम्पस तथा बोर्डिङहरु पठन संस्कृतिको विकासका लागि नमूना बनेको दमक पब्लिक लाइब्रेरी, ध्रुबतारा स्पोर्टिङ क्लब लगायतका विभिन्न सामाजिक संघ–संस्थाहरु, प्रदेश – १ मै नाम चलेका सहकारी संस्थाहरु लगायतका दर्जनौं अन्य निजी संस्थाहरु, सामाजिक तथा धार्मिक संस्थाहरु यहीँ दमकमै रहेको हुँदा लाग्छ कि दमक हामी सबैको लागि एउटा चमक बनेको छ । त्यतिमात्र कहाँ हो र ? धेरै बर्ष अघिदेखि सञ्चालन हुँदै आएको पशुहाट जुन प्रत्येक बुधबार पशु चौपायाहरुको बजार लाग्नु पनि हाम्रो गरिमा हो तर हिजोआज त्यहाँ ट्याक्सी स्टेन्ड अव्यवस्थित भएका कारण त्यस स्थानमा दुव्र्यसनीमा लागेका अहिलेका युवायुवतीहरुको स्थल त्यहीँ वरिपरि देखिएका दृश्यहरुले पनि दमकको सौन्दर्यनै बिरुप पो होला कि भन्ने हुन्छ । यसलाई नियन्त्रण र ब्यबस्थापन गर्न तर्फ नगरपालिकाका वर्तमान मेयर राम थापा र उपमेयर रेगिना भट्टराई (प्रसाईं) ज्यू लगायतका १० नम्बर वार्डसम्मका वडाध्यक्ष र सदस्यहरु मात्र जुटेर हुन्न, यहाँ सबै जुटेर एकताबद्ध भएर होस्टेमा हैंसेका साथ अघि बढेमा मात्र विकास तीव्र गतिमा अघि बढन सक्ने कुरामा दुईमतै छैन । यहाँको नगर सरसफाई, ट्राफिक व्यवस्थापन, सडकका पेटीहरुमा राखिएका यातायातका साधनहरु, गमलामा राखिएका फूलहरु अलि अव्यवस्थित देखिएपनि नगरपालिकाकै पहलमा व्यवस्थित बनाउनु आजको आवश्यकता हो । यतिमात्रै होइन, हरित गृहको साजसज्जा हेर्दा लाग्छ कि अझै श्रृङ्गारिक बनाउन सके दमक एक नमूना सहर हो भनेर आगन्तुकहरु लोभिने थिए । यसको बिकासका निम्ति सामाजिक संघ, संस्था, सरोकारवाला निकाय, नागरिक समाज, अधिकारकर्मी, उपभोक्ता मञ्च लगायत सबै जुटुपर्ने बेला आएको छ । “सुन्दरता हाम्रो धन हो“ भन्ने एउटा महान आदर्श वाक्यलाई शिरोधार्य गरेर सबै हातेमालो गरेर अघि हिंडने हो भने दमक एउटा हरित नगर हुने निश्चित प्रायः छ । अर्को कुरा वास्तवमा “दमक“ नामाकरण कसरी रहन गयो ? किन राखियो यो एक खुल्दुलीको बिषय पनि हो । दमक नामाकरण हुनुभन्दा अघि उक्त क्षेत्रमा “दल्की“ नामको झार उम्रने गरेको र उक्त झारलाई धिमाल वा कुमाल जातिले बस्ने पिराको रूपमा प्रयोग गर्ने हुँदा उक्त दल्की शब्द अपभ्रम्स भई “दमक“ नामाकरण भएको अनुमान उतिबेलाका पुराना बासिन्दाहरुले बताएका छन् । दल्की (भास) जमिन परेको र हिंड्दा पनि डम्डम् आवाज सुनिने भएको उक्त क्षेत्रको नाम पछि आएर “दमक“ भएको बताइन्छ । यहाँ सबै जातजाति र भाषाभाषीहरुको आ–आप्mनै किसिमका मठ मन्दिर, चर्च, गुम्बा, मस्जिद, किराँत तथा लिम्बू धर्मावलम्बीहरुको धार्मिक स्थलहरु अत्याधुनिक तरिकाले निर्माण गरिएका छन । अबका आगामी दिनमा बिरोधका बाबजुद विरोधमै मात्र सीमित हुने होइन, यस नगरपालिकालाई सर्वत्र चिनाउनका निम्ति अनि “समृद्ध सहर दमक नगर“ बनाउनका निम्ति सबै उठौ, सबै जागौ ।

Author

You may also like