मुख्य स्थानीय

सानो प्रयासबाट झुल र कापीकलम प्रदान

दमक, ४ वैशाख। दमक ५ स्थित सानो प्रयास युवा समाजले मंगलबार दमक ९ को मिलन टोलका सुकुम्बासी तथा आर्थिक विपन्न परिवारलाई झुल र कापीकलम वितरण गरेको छ ।

संस्थाका अध्यक्ष छवि खतिवडाको अगुवाईमा त्यहाँ रहेका ३० परिवारलाई झुल तथा २४ जना विद्यार्थीलाई कापीकलम वितरण भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष खतिवडा, सचिव वालचन्द्र कार्की, नेपाल तामाङ घेदुङ संघका दमक नगर अध्यक्ष दुर्गा तामाङ, डाक्टर केशर गुरुङ, ओम शान्ति डेन्टलका सञ्चालक कमल गैरे लगायत संस्थाका पदाधिकारी र सदस्यहरुसहित स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । संस्थाले सहयोग संकलन गरेर ३९ हजार पाँच सय रुपैयाँ बराबरका सामग्री प्रदान गरेको सचिव कार्कीले जानकारी गराए । सामग्री पाएपछि वस्तीमा खुसी छाएको पाइएको उनले उल्लेख गरे ।

समाज सेवा गर्ने उदेश्यले कोरोना कालमा स्थापना गरिएको सानो प्रयास नामक यस संस्थाले कोरोनाकालमा समस्यामा परेकाहरुलाई खाना खुवाउने, मास्क र सेनिटाइजर वितरण गर्ने काम गरेको थियो । साथै संस्थाले दमक बजारमा फोहोर संकलन गर्ने २० वटा डस्टविन राख्ने काम गरेको र सरसफाई कार्यक्रम गर्ने गरेको अध्यक्ष खतिवडाले जानकारी दिए ।

You may also like