दमक, १५ माघ। झापाको दमक नगरपालिका प्रमुख राम कुमार थापा कोशी प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनित भएका छन् । नगर प्रमुख थापालाई कोशी प्रदेश सरकारका मुख्यमन्त्रीको निर्णयबाट सो परिषद्को सदस्यमा मनोनयन गरिएको कुरा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध ऐन) २०७७ बमोजिम दमक नगर प्रमुख थापालाई सो परिषद्को सदस्यमा मनोनयन गरिएको कुरा प्रदेश सचिव बद्रीकुमार कार्कीद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।