दमक, २९ फागुन /
भारतको जलपाईगुडी र दार्जीलिङमा सम्पन्न चित्रकला सम्बन्धी तीनदिने दोस्रो अन्तरराष्ट्रिय कला शिविरमा नेपाली चित्रकलाको प्रभावकारिता झल्किएको छ ।
लिंक आर्ट वल्र्डको आयोजनामा सम्पन्न शिविरमा सम्पन्न चित्रकला प्रदर्शनी, कार्यशाला तथा चित्रकला प्रतियोगितामा नेपालले उत्कृष्ठ प्रस्तुति दिएको छ । त्यहाँ सहभागि नेपाल सहित भारत र वंगलादेशका चित्रकारहरुबीच इन्टरनेशनल वाटर कलर सोसाइटी नेपालका अध्यक्ष एनबी गुरुङ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ पथरी शनिश्चरेकी चित्रकार सरोजा खड्गी सहितका चित्रकारहरुको सहभागिताले नेपालको प्रभावकारी कला प्रस्तुति रहन पुगेको हो । ‘नेपाली कलाले राम्रो प्रभाव छोड्यो । निकै उपलब्धिमूलक कार्यक्रम रह्यो ।’- कार्यक्रममा सहभागी खड्गीले भनिन् । उनले कार्यक्रममा नेपाली पहिचानको प्रतिकका रुपमा राष्ट्रिय फूल लालिगुराँसको पेन्टिङ निर्माण गरेर फरकपन प्रस्तुत गरेकी थिइन् ।


कार्यक्रममा, प्रनोद दत्त, डीवी याम्फू किरात, लेख मनगर, हरिलाल उदास, मनोज तामाङ, यशोदाकुमारी सिंह, भीम पुरी, कुमार सानु, शुष्मा श्रेष्ठ, श्रीया हाँडा श्रेष्ठ, सुदन श्रेष्ठ, प्रिया लामा, विकास श्रेष्ठ, कृष्णगोपाल गरु, अनन्तमणि आचार्य, विष्णप्रसाद चौधरी, उद्धव गुरुङ, विमल गुरुङ सहित सहभागि थिए । युवाहरुबीचको चित्रकला प्रतियोगितामा तीनवटै देशका पुरस्कृत बन्ने क्रममा नेपालकातर्फबाट काठमाडौंका विक्रम श्रेष्ठ पुरस्कृत भए ।
कार्यक्रमकालागि यसअघि चुनिएका चित्रहरुको प्रदर्शनी जलपाइगुडीमा र कार्यशाला सहितका प्रतियोगिता दार्जीलिङमा सम्पन्न भए । बालबालिकाको तीन श्रेणीको चित्रकला प्रतियोगिता सम्पन्न भयो । नेपालका विभिन्न ठाउँ तथा भारतको दार्जीलिङ, जलपाइजुडी, आसाम, कलकत्ता, नयाँदिल्ली सहितका क्षेत्रबाट कलाकारहरुको जमघट रहेको थियो । कार्यक्रममा, जलपाईगुडीका विधायक (एमएलए) डा. पीके बर्माको प्रमुख आतिथ्यता तथा इन्टरनेशनल वाटर कलर सोसाइटी भारतका अध्यक्ष अमित कपुर सहितको विशेष आतिथ्यता रहेको थियो ।

Author

You may also like