शिक्षा

निबन्धमा ग्लोबलकी छात्रा कोशीकै प्रथम

दमक । झापाको दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीमा विज्ञान संकाय तर्फ कक्षा १२ मा अध्ययनरत छात्रा कृतिशा भण्डारी कोशी प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा सर्वोत्कृष्ट भएकी छन् । कोशी प्रदेशका धेरै र मधेश प्रदेशका २ जिल्लाका गरी जम्मा १३३ जना प्रतियोगी विद्यार्थीहरु मध्येबाट ग्लोबलकी छात्रा भण्डारी सबैलाई उछिनेर प्रथम हुन सफल भएकी हुन् ।

निबन्ध प्रतियोगिता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोशी प्रदेश कार्यालय इटहरीले आयोजना गरेको हो । आइतबार आयोगको ३३ औं स्थापना दिवसका अवसरमा सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले विजेता छात्रा भण्डारीलाई नगद १५ हजार र प्रमाण पत्र दिएर पुरस्कृत गरे । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मन्त्रीहरु, विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो भने ग्लोबल एकेडेमीका तर्फबाट प्रिन्सिपल गुणराज अधिकारी, वरिष्ठ शिक्षक के.पी. शिवाकोटी, प्रशासक सुरेन्द्र बस्नेत र विजेता छात्रा भण्डारीको अभिभावकको उपस्थिति रहेको जानकारी गराइएको छ । विजेता छात्रा भण्डारीले भने त्यस अवसरमा आफ्नो निबन्ध वाचन गरेरी सुनाएकी थिइन् ।

You may also like