कला/साहित्य/संस्कृति

पत्रकार कोइराला पुरस्कृत

दमक, १८ माघ । उत्तरपूर्वी मोरङ पत्रकार हरि कोइरालाई कोशी प्रदेश युवा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको छ ।

तीन दशकको हाराहारी समय पत्रकारितामा विताएका गोरखापत्रका संवाददाता कोइरालालाई संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २५ हजार राशीको सो पुरस्कार प्रदान गरेका छन् ।

यता, झापाका पत्रकार दीपिन राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान–२०२३’ र अल्पसंख्यक समुदायका पत्रकार संगीता चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार–२०२३’ प्रदान गर्ने निर्णय गरेकोको छ । राई यलम्बर टाइम्सका प्रधान सम्पादक हुन् ।

You may also like