दमक । नेवार समुदायबाट लाखे नाँच निकाल्न सुरु भईसकेको छ । दमकमा नेवार समुदायका विभिन्न संघसंस्थाहरुले दमकमा सहर बजारभित्र लेखा जाँच देखाएर मनोरञ्जन दिईरहेका छन् । सोही क्रममा देय देवु समाजले पनि लाखे देखाउन सुरु गरेको छ । मंगलबारबाट सुरु भएको सो लाखे कृष्ण जन्माष्ठमीका दिनबाट सम्पन्न हुनेछ ।


यो समुदायमा विभिन्न समय र चाडअनुसारका धार्मिक नाँचहरू देखाइरहन्छ । सिथी नखः मा बन्द भएको नेवार समुदायको सांस्कृतिक नाँचगान गथां मुगः मा घण्टाकर्ण राक्षकको बध गरेसँगै सुरु हुन्छ ।
प्रायः देवीदेवता र भूतप्रेतका कथासँग सम्बन्धित यस्ता सांस्कृतिक नाँचमध्ये लाखे नाँच पनि एक हो । जुन नाग पञ्चमीदेखि इन्द्रजात्रासम्म विभिन्न चाड र जात्रामा नचाइन्छ। लाखे नाँच नचाउने प्रचलन कहिलेदेखि सुरुवात भयो भन्ने कुरामा मतभेद रहेको पाइन्छ । कसैले राजा हरिसिंह देवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको थिए भनेर भन्ने गरेका छन् । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले आफूसँगै उपत्यकामा लाखेलाई ल्याएका हुन् भन्ने तर्क पनि राख्दछन् ।
नेपाल भाषा वंशावलीअनुसार लाखे नाँचको चलन राजा गुणकामदेवको पालादेखि सुरु भएको देखिन्छ । तर राजा प्रताप मल्लको पालादेखि भने मुकुट लगाई लाखे नाँच नाँच्ने गरेको पाइन्छ ।
लाखे नाँच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं र धिमे बजाएर पनि लाखे नाँच नचाइन्छ । कतिपय ठाउँमा भने भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाँच नचाउँदछन् ।

Author

You may also like