Banner देश–समाज राजनीति

सवै एकजुट हुन उपसभामुखको आग्रह

दमक, ११ कार्तिक

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले देशलाई समृद्धि र विकासका लागि सबै नेपाली एक जुट भएर अघि बढ्नु पर्ने बताएकी छन् ।
दशैं मनाउने क्रममा आफ्नो गृह जिल्ला झापा आइपुगेकी उपसभामुख मगरले दमकका सामाजिक व्यक्तित्व शिव साह निवासमा सञ्चारकर्मीहरुसंग कुराकानी गदै सो कुरा बताएकी हुन् । देशको समृद्धिको गति सोचे अनुरुप हुन नसकेको भन्दै नेपालीहरुले गरेको टिप्पणीप्रति लक्षित गर्दै उनले देशको समृद्धिका लागि दलीय तथा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर अघि बढ्नु पर्ने औल्याउँदै सवैको एकताका लागि आव्हान गरिन् । देशमा भइरहेको राजनीतिक गतिविधि अपेक्षाकृत सुधार हुन नसकेकोमा उनको पनि असन्तुिष्ठ थियो । उनले भनिन्, – ‘यो व्यवस्थाले यतिका वर्ष वितेपनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो, यसमा सवैको ध्यान जानु पर्छ ।’
गृह जिल्ला झापादेखि काठमाण्डौ फर्किने क्रममा उनले देश निर्माणमा सवै दल, व्यक्ति, नागरिक समाजको साझा राष्ट्रिय संकल्प खाँचो रहेको उल्लेख गर्दै यसमा सवै जिम्मेवार हुनुपर्ने समय आइसकेको औंल्याइन् । उनले देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गदै भनिन् ‘अव पनि देश निर्माणमा ढिलाई भए देशले मात्र नभएर हामी सवै नेपाली नै पछि पर्ने दिन टाढा छैन ।’
प्रत्येक मानिसमा देशप्रतिको माया र लगानी हुनसके मात्र देशमा समृद्धि र परिवर्तन संभव हुने भन्दै त्यसका लागि हामी सबैको साझा स्वार्थ हुनुपर्ने उनको धारणा थियो । उनले जनता चनाखो भएर राजनीतिलाई सहि मार्गमा डोर्याउँदै विकृति विसंगतिको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले आफुले राजनीतिक गतिविधिको भित्रीपाटो थप बुझ्ने अवसर पाएको यसलाई सहि मार्गमा डोर्याउन आफ्नो समेत सहि सुझाव र भूमिका रहने उल्लेख गरिन् ।

You may also like