Banner अन्तर्राष्ट्रिय देश–समाज

राष्ट्रसंघका महासचिव गुटरेसले संसदमा संबोधन गर्ने

दमक, ११ कार्तिक

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

भोली काठमाडौं आइपुग्ने गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको संक्रमणकालीन न्याय सहितका सन्दर्भमा समेत छलफल हुनसक्ने उल्लेख छ ।
उनले कार्तिक १४ गते संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत जाने कार्यक्रम तालिका रहेको उल्लेख छ ।

You may also like