मुख्य

दमक जेसीज अध्यक्षमा २ को प्रतिष्पर्धा

दमक, १३ पुस। दमक जेसीजको ४३ औं साधारणसभा अन्तर्गत सन् २०२४ को अध्यक्षका लागि २ जनाले उम्मेदवारी दिएका छन् ।
बिहीबारको उम्मेदवार मनोनयन कार्यक्रममा अध्यक्ष पदका लागि कानूनी सल्लाहकार निरज आचार्य र महासचिव रामचन्द्र अधिकारीले उम्मेदवारी दिएको प्रमुख निर्वाचन आयुक्त तथा पूर्व अध्यक्ष सुयोग खरेलले बताएका छन् । उम्मेदवार मनोनयन कार्यक्रममा २ जना कार्यकारी उपाध्यक्षका लागि लोकनाथ सापकोटा,
दमक…..उमेश गजमेर र रुवल अधिकारी दावेदार देखिएका छन् । ४ जना उपाध्यक्षमा पुजन चौधरी, कृष्ण भट्टराई, पंकज पोखरेल र विशाल अधिकारी सर्वसहमत बनेका छन् । तालिम निर्देशकमा सरोज ढकाल र जनसम्पर्क अधिकारीमा सजन श्रेष्ठ पनि सर्वसहमत बनेका छन् । अन्य पदको साधारणसभामार्फत अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । उम्मेदवारहरुबीच शुक्रबार तालिम हुने र शनिबार साधारणसभा अघि ककस तथा निर्वाचन कार्यक्रम हुने निर्वाचन समितिले जनाएको छ ।

You may also like