दमक, १३ पुस। नापी कार्यालय दमकको प्रमुखमा सत्रुघ्नप्रसाद यादवले कार्यभार सम्हालेका छन् । उनी सप्तरी नापी कार्यालयबाट सरुवा भइ आएका हुन् । यसअघिका नापी अधिकृत सुनिल आनन्द भने नापी कार्यालय चन्द्रगढी सरुवा भएका छन् ।
सर्वप्रथम २०५९ सालमा झापाको चन्द्रगढीमा नापी कार्यालयमा प्रमुख भएका उनी मोरङको बेलबारी, सुनसरीको इनरुवा, सर्लाही, धनुषा, महोत्तरी हुँदै दमकमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन् ।