राष्ट्रिय

गाउँपालिका उपाध्यक्ष जोशीको निधन

बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । 

लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिनुभयो ।  

विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो । उहाँ नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि हुनुहुन्थ्यो । 

Author

You may also like