पथरी, २ माघ /
मोरङको पथरी शनिश्चरेमा रहेको कला साहित्यको क्षेत्रमा क्रियाशील एभरेष्ट आर्ट फ्यूजनको १४ औं चुनावी साधारणसभाले प्रेमकला घिमिरे (ढुंगाना) लाई अध्यक्षमा चुनेर नयाँ कार्यसमिति चयन भएको छ ।
घिमिरे निवर्तमान समितिमा उपाध्यक्षको जिम्मेबारी संहाल्दै आएकी थिइन् । सर्वसहमत चयन समितिको उपाध्यक्षमा यज्ञनिधि घिमिरे (दीपक दियालो), सचिवमा आशिष गिरी, कोषाध्यक्षमा भीम पुरी चयन भएका छन् । सदस्यमा, सीता राई, टीका लुइटेल, लक्ष्मीप्रसाद फुयाँल, मञ्जु थापामगर र अंकित परियार चयन भएको निवर्तमान अध्यक्ष भूमिप्रसाद पाठकले जनाए । कार्यक्रममा फ्यूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गी सहितको आतिथ्यता रहेको थियो ।
फ्यूजनले कला र साहित्यलाई व्यवहारमा जोड्ने प्रयत्नमा गतिवधिहरु सञ्चालन गरिरहेको छ । जसअन्तर्गत माटोबाट कलात्मक सामग्री निर्माण गर्ने कार्य नमूनाका रुपमा अघि बढाएको छ । संस्थाले नेपालमै पहिलो सेरामिक पार्कको अवधारणमा पथरी शनिश्चरेमा काम अघि बढाएको छ ।
