लेख स्वास्थ्य

महिनावारी हुँदा पेट दुख्ने समस्या

धेरैजसो महिला र बालिकाहरुलाई पेट दुख्ने समस्या ले सताएको हामी पाउछौं । पेट दुखाईबाट उनीहरुको दैनिक जीवनमा यति धेरै असर गरेको हुन्छ कि उनीहरु आफ्नु दैनिक क्रियाकलापहरु गर्न नै असमर्थ हुन्छन् । यस कुराले उनीहरुको मानसिकतामा निकै प्रभाव परेको हुन्छ । कतिपय बालिकाहरु महिनावारी हुदा पेट दुख्ने समस्याले गर्दा स्कुल नजाने, स्कुल जान डराउने गर्दछन् । धेरैजसो मानिसले यो समस्यालाई त्यति ध्यान दिएको हामी पाउदैनौ । आज पनि धेरै महिला तथा बालिकाहरु यो समस्याले गर्दा महिनावारी भएको ४/५ दिन घरभित्रै बस्न बाध्य छन् । यसलाई सहि रुपमा पहिचान गरि यसको उचित समाधान गर्न सके धेरै महिला तथा बालिकाहरु यो समस्याबाट बच्न सक्दछन् ।
महिनावारी भएको समयमा पेट दुख्नुलाई हामी मेडिकल भाषामा डिस्मेनोरिया (dysmenorrhoea) भनिन्छ । यो दुखाई महिनावारी भएको केहि घण्टा अघिबाट वा महिनावारी को १/२ दिन अघि वा महिनावारीको पहिलो २४ घण्टाको अवधिमा हुने गर्दछ । कसै–कसैलाई यो दुखाई केहि समयपछि हराएर जान्छ भने कसैलाई १/२ दिन सम्म नै लगातार दुखिरहंन्छ । कसैले यो दुखाई सहन सक्दछन् भने कसैलाई यसले धेरै पीडा दिएर आफ्नो दैनिक जीवनमा नै असर गरेको हामी पाउदछौं । कसैलाई सहनै नसक्ने दुखाई पनि हुने गर्दछ ।
पेट दुखाईलाई २ प्रकारमा विभाजन गरेर हेर्ने गरिएको छ । प्राइमरी डिस्मेनोरिया( Primary dysmenorrhoea) र सेकेण्डरी डिस्मेनोर्हाेएअ ( क्भSecondary dysmenorrhoea) ।
१.प्राइमरी डिस्मेनोरिया (Primary dysmenorrhoea):– बिना कुनै ठूलो खराबी भइ त्यसै पेट दुख्दछ भने त्यसलाई हामी प्राइमरी डिस्मेनोरिया भन्दछौं । प्रायजसो ५/१० % महिलाहरुलाई प्राइमरी डिस्मेनोरिया हुने गर्दछ । यसका कारणहरु निम्न छन्:
क . पाठेघर को बनावटमा परिवर्तन हुँदा पेट दुख्दछ । जस्तैः पाठेघरको मुख सानो हुनु , जसले गर्दा पाठेघर भित्रको रगत बाहिर निस्कन सक्दैन । पाठेघरले रगतलाई बाहिर निकाल्न खोज्दछ र पेट दुख्दछ ।
ख. पाठेघरभित्र झिल्ली हुनु वा पाठेघर दुइ भागमा विभाजित हुदा पनि समान रुपमा पाठेघर संकुचन हुन सक्दैन र पेट दुख्दछ ।
ग. पाठेघर राम्रोसँग बिकसित नहुनु वा पाठेघरको मांसपेशीको राम्रो विकास नहुनु ।
घ. स्नायु प्रणालीमा खराबीका कारण पनि पेट दुख्ने समस्या हुने गर्दछ ।
ङ्. पेट दुखाइ बढाउने रसायनहरुको उत्पादन बढी हुन गएमा पनि महिनावारीको समयमा पेट दुख्ने गर्दछ ।
छ. यदि परिवारमा आमा, दिदीलाई पनि पेट दुख्ने समस्या भएमा पनि महिनावारी हँुदा पेट दुख्ने गर्दछ ।
लक्षण तथा चिन्हहरुः (Primary dysmenorrhoea):– महिनावारी हुनु केहि
घण्टा अघिदेखि पेट दुख्न थाल्दछ । कसै– कसैलाई यो दुखाई केहि घण्टा देखि २४ वा ४८ घण्टासम्म पनि पेट दुखिरहने गर्दछ । पेट दुखेको बेला वाकवाक लाग्ने, बान्ता हुने, थकान महसुस हुने, पखाला लाग्ने, टाउको दुख्ने, खलखल पसिना आउने, कोहि–कोहि बिहोस पनि हुने गर्दछन् ।
२. सेकेण्डरी डिस्मेनोर्हाेएअ (Secondary dysmenorrhoea) पाठेघर र त्यस आसपासको ठाउँमा भएको समस्याका कारणले पेट दुख्छ भनें त्यसलाई हामी सेकेण्डरी डिस्मेनोर्हाेएअ भन्दछौं । यसका कारणहरु निम्न छन्:
क . तल्लो पेटमा हुने विभिन्न संक्रमणका कारणले हुने पेट दुखाई ।
ख. पाठेघरमा मासु पलाउनु ।
ग.पाठेघरमा राखिने विभिन्न परिवार नियोजनका साधनका कारणले पनि पेट दुख्ने गर्दछ ।
लक्षण तथा चिन्हहरु (Secondary dysmenorrhoea):
यसमा महिनावारी हुनुभन्दा ३/५ दिन अगाडीबाट पेट दुख्ने गर्दछ । यो दुखाइ रगत आएसंगै कम भएर जान्छ । यसमा माथि भने जस्तो टाउको दुख्ने, वाकवाक लाग्ने, पखाला लाग्ने हुदैन ।
उपचारः– उपचार पनि कारणमा आधारित हुने गर्दछ । के कारणले पेट दुखेको हो, त्यसतर्फ हामी जानु पर्दछ । यदि पाठेघर आसपासमा संक्रमण भएको छ भने त्यो संक्रमण हटाउनतर्फ लाग्नु पर्दछ । यदि पाठेघरमा मासु पलाएको वा ऐंजेरु पलाएको छ भने त्यसको उचित उपचार गरे पेट दुख्ने रोग सदाका लागि निर्मुल पार्न सक्दछौ । उपचार प्राय कुन प्रकार को हो ? कुन उमेर समूहलाई लागेको हो ? र कतिको जटिल छ ? त्यसको आधारमा हुने गर्दछ । तल दिएका निम्न उपायहरु पनि हामी अपनाउन सक्दछौ:
१. महिनावारी हुदा सामान्य शारीरिक कसरतहरु गर्ने ।
२. प्रसस्त मात्रमा झोलिलो खानेकुरा खाने ।
३. कतिपय अवस्थामा दुखाई कम गर्ने औषधिहरु पनि दिन सकिन्छ ।
४. कसैकसैलाई तातोले सेक्दा पनि आराम हुने गर्दछ ।
महिनावरी हुँदा पेट दुख्ने समस्याको समाधानका लागि होमियोप्याथि औषधिको प्रयोग गरि हामी सदाका लागि यो समस्यालाई समाधान गर्न सक्दछौं । योग्य होमियोप्याथिक चिकित्सकको निगरानीमा औषधि सेवन गरे यो बिराममा अत्यन्त लाभ मिल्दछ ।
(डा. गुरागाई कंचनजंघा होमियो क्लिनिक दमककि होमियो फिजिसियन हुन्)

Author

You may also like