समाचार

पब्लिक लाइब्रेरीमा कार्की

दमक, १ माघ। डाईनामिक पब्लिक लाईब्ररी (डिपीएल) नेपालको राष्ट्रिय अध्यक्षमा बालचन्द्र कार्की चुनिएका छन् ।

झापाको कमल गाउँपालिका ५ स्थित रोडस्टार पार्टी प्यालेसमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले कार्कीलाई अध्यक्ष चयन गरेको हो । एक वर्षे कार्यकाल रहने नवनिर्वाचित केन्द्रीय समितिको निर्वतमान अध्यक्षमा हेमन्त नेपाल, बरिष्ठ उपाध्यक्षमा अनु भण्डारी, उपाध्यक्षमा दिवस खतिवडा, श्रेयसी थापा, महासचिवमा महेश भण्डारी र कोषध्यक्षमा कमल गैरे चयन भएका छन् ।

महाधिवेशनले ६ जनालाई निर्देशक चयन गरेको छ । निर्देशकहरुमा जीवन सापकोटा, गुणराज गिरी, प्रवेश दुलाल, विश्वास गौतम, सरु गिरी, आयुस बाटाजु रहेको डिपीएल नेपालले जनाएको छ । सोहि अवसरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथग्रहण समेत गराईएको थियो ।

कोशी प्रदेशका सभामुख अमर विष्टको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनमा देशभरिका विभिन्न १० वटा शाखाबाट ५ सय हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

You may also like