समाचार

पशु र बाली बीमामा आधा अनुदान

दमक, २६ पुस। इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने कार्यविधि तयार गरेको छ । नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिएका छन् । अनुदान कार्यक्रमको कार्यान्वयनका लागि बीमा बारेमा जानकारी दिन प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई बीमासम्बन्धी तालिम दिन थालेको छ ।
पशुपक्षी र बाली बीमामा किसानले व्यहोर्ने बीमा शुल्कको आधा रकम नगरले व्यहोर्न बीमा प्रोत्साहनका लागि १० लाख विनियोजन गरेको छ । पशु र बाली बीमामा नेपाल सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ । यसैबीच सूर्योदय नगरपालिकाले लम्पीस्किन महामारीबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिन थालेको छ । नगरले माउ गाई मरेका किसानलाई २० हजार,
पशु…. कोरली गाई मरेका किसानलाई १० हजार र गोरु मरेका किसानलाई पाँच हजार राहत दिन थालेको नगरप्रमुख राईले बताए । लम्पीस्किनबाट नगरपालिकाभर सात सय ४४ गाईवस्तु मरेका थिए । नगरले लम्पीस्किन रोगबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न एक करोड २५ लाख विनियोजन गरेको छ ।

You may also like