स्थानीय

गौरीगञ्जमा फुड फेस्टिभल हुँदै

गौरीगञ्ज, २४ पुस। झापाको गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक फुड फेस्टिभल अर्थात खाना महोत्सव हुने भएको छ ।
यहि पुस २८ गते शनिबारका दिन गौरीगञ्ज वडा नम्बर ३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयको प्राङगणमा आदिवासी जनजाति फुड फेस्टिभलको आयोजना हुने भएको हो । आदिबासी जनजातिहरुको परम्परागत खाना तथा परिकारहरुको महत्व तथा स्वाद बुझाउने उद्देश्यले आदिवासी जनजाती फुड फेस्टिभलको आयोजना गर्न लागिएको नेपाल आदिवासी जनजाति महासंघ गौरीगञ्जले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
महोत्सवमा गौरीगञ्ज गाउँपालिकाभित्र बसोबास भएका सबै आदिवासी जनजापतहरुको खाना तथा परिकारहरुको स्टल राखिने कुरा महासंघका गौरीगञ्ज अध्यक्ष गंगा राजवंशीले बताएका छन् । महोत्सवमा बिशेषगरि राजवंशी, ताजपुरिया र गन्गाइहरुको भक्का, पिट्ठ र घुम्नी मुह्री, सन्थालहरुको खिचडी, राईहरुको ढिडो गुन्द्रुक, नेवारहरुको यमरी बडा, गुरुङहरुको सेलरोटी, तामाङहरुको ढिडो फुल्डुङ लगायतका परम्परागत परिकारहरुको स्वाद चाख्न पाइने उनले जानकारी दिए । महोत्सवमा बिभिन्न जातजातिका साँस्कृतिक नृत्यहरु र स्थानीय कलाकारहरुको प्रस्तुति रहनुका साथै स्वास्थ्य शिविर, रक्तदान तथा विभिन्न ब्यक्तित्वहरुलाइ सम्मान गरिने कार्यक्रम समेत राखिएको उनले बताएका छन् ।
महोत्सवको विशेष आकर्षणका रुपमा बिभिन्न आदिवासी जनजातिहरुको जनजीवन र परम्परा झल्किने किसिमका सेल्फी स्टलहरु राखिने बताइएको छ । कार्यक्रमको प्रायोजन गौरीगञ्ज गाउँपालिकाले गरेको छ

You may also like