लेख

धर्मनिरपेक्ष भारतमा हिन्दू राष्ट्रवादको शंखनाद

विश्वको जल्दो बल्दो समसामयिक राजनीतिमा ‘धर्म’ लाई ‘निरपेक्ष’ राजनीतिक दर्शनको रूपमा स्वीकार गर्ने वा नगर्ने एउटा प्रमुख मुद्दा बनेको छ । इसाई बहुल राष्ट्रहरुमा ‘इसाई धर्म’ लाई नै राष्ट्रको प्रमुख धर्म बनाइएको छ । त्यस्तै विश्वका करीब पचास भन्दा बढी देशहरुमा इस्लामिक राष्ट्रवाद कायम रहेको छ । विश्वका सबैभन्दा प्राचीन धर्मको रुपमा मानिएको सनातन हिन्दू धर्मलाई धर्म सापेक्ष नराखि धर्म निरपेक्ष राष्ट्रको श्रेणीमा उभ्याउँदा नेपाल जस्तो सानो देशमा धर्म निरपेक्षताको अभ्यासलाई अनौठो तरिकाले निरन्तरता दिन थालिएको छ । नेपालको संविधान २०७२ अनुसार नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा हुने बित्तिकै नेपालमा हिन्दु, बौद्ध, किरांत, प्रकृति, इस्लाम लगायत विभिन्न धार्मिक समुदायहरुले पनि आफ्ना–आफ्ना धार्मिक अधिकारहरूको प्रयोगमा समान हैसियत राख्ने धारणाको विकास हुन थालेको छ । धर्म निरपेक्ष शब्दको प्रयोग सर्वप्रथम भारतको संविधानमा उल्लेख भएको पाइन्छ । सन् १९४७ मा धर्मको आधारमा भारत र पाकिस्तान गरि दूईवटा छुट्टा छुट्टै देशहरु निर्माण भएपछि भारततिरका मुस्लिम धार्मिक समूहहरुले नै पाकिस्तानलाई ईस्लामिक राष्ट्र बनाउन सफल भएका थिए । भारतलाई गैर ईस्लामिक राष्ट्र अर्थात हिन्दुराष्ट्रको रुपमा रहिरहने मान्यतामा भारत छोडेर पाकिस्तानतिर बसाई सर्ने कट्टरपन्थी मुस्लिमहरुले अखण्ड भारतलाई दूई टुक्रा पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भारत स्वभावैले सनातन हिन्दु राष्ट्रको रुपमा रहिरहने अपेक्षा अनुकुल भारतभित्र बसोबास गर्ने हिन्दु धर्म ईतरका धार्मिक समूहले आफुले पाइरहेको धार्मिक स्वतन्त्रतामा न त राज्यले कुनै चासो राख्यो न त हिन्दु समाजबाट नै उनिहरुप्रति कुनै किसिमको उपेक्षा भाव राख्ने प्रयत्न भयो । तर, बदलिदो समय क्रममा समसामयिक राजनीतिको दवाबमा आएर मुस्लिम बहुल क्षेत्रहरुमा इस्लामिकरण हुँदैजाने प्रक्रियाहरुको प्रारम्भ हुँदै गयो । ईस्लाम धर्मभित्र रहेको सूफी सन्तहरुको उदारवादी विचारहरुलाई कट्टरपन्थी मुसलमानहरूले स्वीकार नगर्दा ईस्लाम धर्मप्रति आस्था राख्रुने प्रायजसो सबै पुरुष र महिलाहरुले हिन्दु, बौद्ध वा ईसाईहरू भन्दा फरक देखिने जीवनशैलीको अभ्यास गर्न थाले । खुल्ला कब्रिस्तानलाई सरकारी अनुदानको रकमबाट पर्खाल लगाएर घेर्ने काम देखि मस्जिदहरुमा अत्यन्त चर्को स्वरमा लाउड–स्पिकर र माइक बजाउने जस्ता कार्यहरु लगातार बढ्दै गएपछि त्यस्तो कार्यहरुमा सामाजिक सैहार्द्रता र सामन्जस्य ल्याउने प्रयास गर्दागर्दै त्यस्ता घटनाहरुको प्रतिक्रिया स्वरुप तीव्र राजनीतिकरण प्रारम्भ भयो । राजनीतिक दलहरुले पनि आप्mनो समर्थन र विरोधको आधारमा राजनीतिक लाभ– हानीको विचार गरेर विभिन्न अल्पसंख्यक धार्मिक समुदायहरुको पृष्ठपोषण गर्न थाल्यो । जसको परिणामस्वरुप भारतीय सामाजिक व्यवस्थामा साम्प्रदायिक र नस्लवादी तथा जातीय र धार्मिक झगडा फसादको बीउ अंकुरित हुन थाल्यो । परिमाण स्वरुप हिन्दू र मुस्लिम तथा हिन्दु र ईसाई समुदायबीचको टकराव लगातार बढ्दैजाने अवस्था सिर्जना हुन थालेपछि कानुन व्यवस्थालाई समेत अप्mठ्यारो पर्न थालेपछि सन् १९७३ मा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतको संविधानमा संसोधन गराएर भारतलाई धर्म निरपेक्ष देश भनेर घोषणा गर्न लगाइन् ।
तर, भारतलाई धर्म निरपेक्ष राष्ट्र भनेर घोषणा गर्दापनि धर्मको नाउँमा साम्प्रदायिक झडपहरु र दंगा फसादहरु प्रायजसो भारतभरी नै भइरहेको पाइन्छ । यस्तो दंगा फसादलाई राजनीतिक दलहरुले तुस्टिकरण र मलजल गर्दा दंगा फसादहरुबाट मर्नेहरुको संख्या धेरै नै बढी छ । यस बाहेक धार्मिक उन्माद सिर्जना गरेर गराइएको दंगा फसादबाट हुने आगजनी, लुटपुट र तोडफोड जस्ता घटनाहरुबाट हुने क्षतिको आंकलन गर्नु कठीन मात्र हैन असम्भव पनि छ । एउटा सभ्य समाजमा धर्म, जाति, नश्ल, क्षेत्र आदिको नाउँमा झगडा हुनुलाई राम्रो मान्न सकिँदैन । भारतको संविधान निर्माणताका पनि परिकल्पना गर्न नसकिएको भारतलाई धर्म निरपेक्ष भनि घोषणा गरेपछि अल्पसंख्यक भनिएका मुसलमान र ईसाईहरुको एकमुष्ट भोट भारतीय कांग्रेस पार्टीको पक्षमा झर्न थालेपछि इन्दिरा गान्धीको शासनकाल निस्कंटक बन्न पुगेको थियो । संन् १९०६ मा मुस्लिम लिगको स्थापना भएपछि सन् १९२५ मा विभिन्न जातीय समुहहरुमा विभाजित हिन्दु विचारधारालाई आधार बनाएर संगठित पार्न राष्ट्रिय स्वयमसेवक संघ अर्थात आर.एस.एस नामक गैर राजनीतिक संगठनको स्थापना भयो । त्यसपछि, विश्वभरिका हिन्दुहरुलाई संगठित बनाउनकालागि अखण्ंड भारत र भारतीय राष्ट्रवादको पक्षमा आर.एस.एसले प्रशिक्षण कार्यक्रमहरु संचालन गर्न थालेपछि अन्तरराष्ट्रियस्तरमा पनि हिन्दुवादी संगठनहरुको निर्माणहुने क्रम बढ्दै गयो । अहिले विश्व हिन्दु परिषद, बजरंग दल शिवसेना, दुर्गाबाहिनी आदि जस्ता धार्मिक संगठनहरु तीव्र रुपमा निर्माण, विस्तार र सशक्तिकरण गर्दै लगिरहेको छ । भारतका अदालतहरुमा विचाराधीन धार्मिक विवाद सम्बन्धि मुद्दाहरुको सुनुवाइ निरन्तर रुपमा भइरहेको छ । विश्व हिन्दु परिषदले विगतमा मुस्लिम शासकहरुले हिन्दु मन्दिरहरु भत्काएर मस्जिद बनाउन लागाएको ठाउँहरुमा मन्दिरहरु पुनर्निर्माण गर्ने सामाजिक आन्दोलन नै चलाइरहेको छ । भारतको अयोध्यामा बाबरले राम जन्मभूमिको मन्दिर भत्काउन लगाएर बनाइएको बाबरी मस्जिदलाई ध्वस्त पारेर त्यसैठाउँमा अहिले भव्य र विशाल राम जन्मभूमि मन्दिरको निर्माण भइसकेको छ । मन्दिरमा भगवान् रामको प्रतिमा स्थापना गरेर मन्दिरको उद्धाटन यही २०२४÷१÷२२ तारिखका दिन हुन गइरहेको छ । भारतको सर्वोच्च अदालतले राम जन्मभूमि र बाबरी मस्जिद सम्बन्धी विवादमा राम जन्मभूमिको पक्षमा फैसला गरेको हुनाले हिन्दुहरुको लागि राम जन्मभूमिमा राम मन्दिरको निर्माण हुनु गर्वको विषय बनेको छ । यस बाहेक पनि पटक पटक मुस्लिम आक्रमणकारीहरुले विध्वंश पारेका अन्य अन्य हिन्दु मन्दिरहरुलाई पनि निर्माण गर्ने अभियानमा विश्व हिन्दु परिषद लागिपरेको छ । भारत काँसीस्थित ग्यानवापी मन्दिर मस्जिद विवाद र मथुरास्थित कृष्ण जन्मभूमि मन्दिर र इदगाह कब्रिस्तान विवाद विश्व हिन्दू परिषदको एजेण्डामा परेको छ । भारतमा ईसाइ र मुस्लिम शासकहरुले सयौँ वर्षसम्म शासम गरे । भारतका जनतालाई विभिन्न किसिमबाट डर, त्रास, भय देखाएर तथा प्रलोभनमा पारेर धर्मान्तरण गर्दै लगे, त्यसैको पीडाबोधमा हिन्दु समाज साँघुरिएको छ । एउटा भारत,‘पाकिस्तान र बंगलादेश’ गरि तीन वटा मुलुक टुक्रिसकेको छ । भारतको सनातन धर्म र हिन्दु संस्कृतिको संरक्षणको लागि भारतका भारतीय जनता पार्टीले घनिभूत रुपमा प्रयासहरु गरिरहेको देखिन्छ ।
नेपालमा पनि भारत जस्तै बहुजातीय, बहुधार्मिक, र बहुसांस्कृतिक परम्परा र प्रचलनहरु भएका मानिसहरुको बसोबास छ । सबै धर्मका मानिसहरुलाई सहज तरिकाले जीवनयापन गर्नका लागि धार्मिक अधिकार प्रदान गरिएको छ । नेपालका मुस्लिम धर्मावलम्वीहरु तथा ईसाईहरु पनि हिन्दुहरुसँगै मिलेर बस्न चाहेका छन् । तर, राजनीतिक स्वार्थलाई पुरा गर्नको लागि विभिन्न समुहहरुले विगतदेखि लिएर अहिलेसम्म पनि धार्मिक सद्भाव र सहिष्णुतालाई खलबल्याइदिने कार्यहरु पनि गरिरहेका देखिन्छन् । नेपालगञ्ज, मलङ्वा, जनकपुर, विरगञ्ज जस्ता शहरहरुमा समेत साम्प्रदायिक झडप सम्बन्धी घटनाहरु पटक पटक हुने गरेका छन् । समाचारपत्र तथा विभिन्न संचार माध्यमहरुमा दिनहँु खबरहरु प्रशारित भइरहन्छन् । नेपालमा पनि सामाजिक सद्भाव बिथोलेर राजनीति गर्ने र राजनीतिमा स्थायी सत्ता र कुर्सी प्राप्त गर्न अवसरहरु खोजिरहने महत्वकांक्षा पालेर बस्ने मानिसहरुको कमी छैन । नेपालमा कुनैपनि किसिमको अतिवादलाई नेपाली जनताले मन पराउँदैनन् । सरकारले कानुनी राज्य स्थापना गर्नकालागि प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यक छ । नेपालमा पनि असामाजिक तत्वहरुले भारत जस्तै दंगा फसाद गराउने योजनाहरु बनाउन सक्दछन् । विभिन्न धर्मका मानिसहरुबीच फाटो पैदा गराएर अविश्वासको वातावरण सृजना गराउन सक्दछन् । त्यसतर्फ सामाजिक अभियन्ताहरु लगायत प्रहरी प्रसाशनले ध्यान दिनु जरुरी छ । आम नेपालीहरुको सामाजिक जीवनमा धर्म र परम्पराले ठूलो प्रभाव जमाएको छ । कृष्ण जन्माष्टमी, दुर्गा पूजा, दशैं, तिहार (दीपावली), छठ, माघेसंक्रान्ति लगायतका धार्मिक चाडपर्वहरुको बेलामा अराजक तत्वहरुले अशान्ति मच्चाउने प्रयास गर्न सक्दछन् । गैर जिम्मेवार मिडियाहरुले आगोमा घिउ थप्ने काम गर्न सक्दछन् । तथा सरकार एउटा लाचार छायाँजस्तै मुकदर्शक बन्न सक्दछन् । यस्तो अवस्थामा धर्म निरपेक्षताको सवाल विवादित मुद्दा बन्न सक्दछन् । यसतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।

Author

You may also like