दमक, २२ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर समितिले वडास्तरीय अधिवेशनलाई तिव्रता दिएको छ । पार्टीले दमक वडा नम्बर ५ मा विनोद अधिकारी सभापति रहेको नौ सदस्यीय समिति चयन गरेको छ । जसको सचिवमा चिन्तामणि खरेल, सदस्यहरुमा प्रदिप कडरिया, शान्ता तामाङ, रेनुका पोखरेल, लक्ष्मीप्रसाद फूयाल, मोहन बस्नेत, धिरज न्यौपाने र सुदेश बस्नेत रहेका छन् । प्रदेश महामन्त्री लालबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा क्षेत्रीय सभापति देवी पाठक,दमक नगर सभापति विवेक पाठक, सचिव प्रविण पाठक लगायतको उपश्थिति रहेको सभापति अधिकारीले जानकारी दिए ।
