मुख्य लेख

वातावरणीय विश्व सम्मेलनका अन्तरवस्तु

आज हाम्रो हिमालय, हाम्रो हिमनदीहरु, हाम्रा वनजÞङ्गल, खोला झरना, ताल तलैया, कृषि भूमि, जैविक विविधता, हावा पानी, हाम्रो चुरे क्षेत्र, हाम्रो गाउँ र शहर सबै वातावरणीय संकटको मारमा परेका छन् । विश्वको तापमानमा परिवर्तनसँगै ग्लोबल वार्मिङ्ग बढ्दै जाने अवस्थामा नेपालका हिमाल, पहाड, मधेस (तराइ) ,चुरे भावर, शिवालिक क्षेत्रहरु सबै पारिस्थितिक प्रणालीको असन्तुलनको शिकार बन्दै गइरहेका छन् । जलाधार क्षेत्रहरुमाथिको असन्तुलनले नदीबाट निरन्तर बगिरहने अविरल जल प्रवाहले रौद्र रुप धारण गरी तल्लो भूमिहरुमा बाढीको समस्या छ । अतिवृष्टि, पहिरो, भूक्षयको रुपमा धरतीको माथिल्लो पत्रमा रहेको उब्जाऊ माटोलाई बगाउदै मरभूमीकरण हुने बाटोतिर हुत्याई रहने जस्ता प्राकृतिक संकटहरुको प्रकोप दिनानुदिन दुःखदायी बन्न थालेको छ । हिमाली, पहाडी र तराइ मधेसका क्षेत्र लगायत सातवटै प्रदेशका बासिन्दाहरुलाई जीवनयापन गर्ने स्रोतहरुमा प्रकृतिप्रदत्त स्रोतहरुको पहुँच घट्न थालेपछि नेपाललाई खुसी हुने राष्ट्रको रुपमा देखाउने सूचकहरु प्राकृतिक संकटको भूमरीमा फसेका छन् । खेतलाई मलिलो र कोमल बनाउने प्राकृतिक शक्तिहरु घट्दो क्रममा छ । अत्याधिक रासायनिक मलको प्रयोगले उत्पादनमा बृद्धि नियम लागु हुने अपेक्षालाई कमजोर बनाउदै लगिरहेको छ । माटोको गुणस्तरलाई रासायनिक मल र किटनाशक औषधिहरुको प्रयोगले गुणस्तरहीन बनाउदै लगिरहेको छ ।
वन जङ्गल सङ्कटग्रस्त बन्दै गएपछि वन जङ्गलभित्र युगौंयुगौंदेखि संरक्षित रहेका जीवन र जैविक विविधताहरुमा विनाशकारी संकटको अवस्था व्यहोर्नु परेको छ । जङ्गली हात्तीहरु सुरक्षित वासस्थान र आहारको खोजीमा जङ्गलजङ्गल डुल्दै नगर बस्तीभित्र उपद्रो मच्चाउने र घर तथा खेतको बालीलाई सखाप पार्ने क्रम बढ्दो छ । जङ्गली हात्तीको रिस र आक्रमणमा परी मर्नेहरुको संख्या लगातार बढ्दै छ । जल उत्पन्न प्रकोपबाट सिर्जित समस्याहरु तथा बिभिन्न किसिमका प्राणघातक रोगहरुको सिकार हुने बालबालिकादेखि वृद्ध वृद्धाहरुको संख्या लगातार बढ्दैछ । देशको भौतिक संरचना तथा विकास पूर्वाधारहरुमाथि प्रकृतिको विनाशलीला जारी छ । सुन्दर शान्त विशाल र पर्यटकहरुलाई आकषित पार्ने नेपाल प्राकृतिक संकटको डरलाग्दो घटनाहरुबाट आजित भइसकेको छ । बाढी, पहिरो, भूस्खलन अतिबृष्टि, अनाबृष्टि, जलजमाव, चट्टानहरु फुट्ने र झर्ने जस्ता घटनाहरु सामान्य भइसकेका छन् । यस्ता किसिमका अधिकांश त्रासदीको पछाडि मानिसहरुकै हात रहेको छ । छिटोछिटो धनी बन्ने लोभमा ठूलाठूला देशहरु विश्वका अधिकांश प्रकृतिक साधनहरुमाथि नियन्त्रण गरेर त्यसलाई जथाभावी रुपमा प्रयोग गरिरहेका छन् । प्रकृतिक संकट सकेसम्म आउन नदिन के कस्तो सुरक्षात्मक उपाय र विधिहरु अपनाउनु पर्दछ भन्ने सम्बन्धमा व्यापक अध्ययन र अनुसन्धान गर्नु आवश्यक छ ।
वातावरण विनाशले संसारको कुनैपनि भूगोलभित्र त्यहाँको पारिस्थितीक प्रणाली र वायुमण्डलको अवस्थालाई असर पुर्याइरहेको हुन्छ । प्राकृतिक तेलहरु तथा जैविक इन्धनहरुको अत्याधिक प्रयोगले जलवायु परिवर्तन हुने क्रम बढ्दै छ । धरती तातिदै जाने अवस्थामा वनजंगल मासिने सम्भावना बढेर जान्छ । जलवायु परिवर्तनले गर्दा हिमालमा सेतो हिंऊ जम्न छोडेको छ । हिमनदीहरु विस्फोट हुने खतरा बढ्दै छ । उब्जाउ माटोको गुणस्तर घट्दै खेतीलायक जग्गाहरु मरुभुमीकरण हुँदै छन् । जनसंख्या वृद्धिले नकारात्मक रुप लिँदा कृषि भूमि, वनजंगल र नदीका जलाधारक्षेत्रहरु माथि अतिक्रमण बढ्दैछ । वनजंगल विनास हुँदा खडेरी लाग्छ, बोटबिरुवाहरुको संरक्षण हुँदैन । वन विनास हुँदैजाँदा मरुभूमीकरण बढ्दै जाने तथा वर्षातको पानीले महाविनासकारी बाढीको रुप धारण गरी गाउँ शहर र कृषिबालीलाई जलमग्न पार्ने, विकास निर्माण लगायत भौतिक संरचनालाई समेत बगाइदिने जस्ता घटनाहरुमा वृद्धि हुन्छ । वायुमण्डलमा रहेका विभिन्न ग्यासहरुको असन्तुलन भई मानिसहरुको लागि आवश्यक मानिने प्राण वायु अक्सिजनको मात्रामा पनि कमि हुन्छ । वन विनासले गर्दा कार्बनडाइअक्साइडको उत्पादनमा वृद्धि हुन थाल्छ । मट्टीतेल, पेट्रोल, डिजेल, मिथेन ग्यास, कल कारखानाबाट निस्किने धुँवा तथा फोहोरहरु, गाडीहरुले निकालेका धुलो तथा धुँवाहरु, परमाणु परिक्षण गर्दा निस्किने उर्जाहरुले गर्दा विश्वमा जलवायु तातिँदै गईरहेको छ । जलवायु संकट लगातार बढ्न थालेको छ । धरतीको तापमान बढ्दै जाँदा समुद्रभित्र भूकम्प आउने क्रम बढ्दो छ । समुद्रमा सुनामी आउने खतरा दिन दिनै बढ्न थालेको छ । समुद्री आँधीले मानव वस्तीलाई ठूलो क्षति गरिरहेको छ । प्राकृतिक स्रोतहरुको जथाभावी प्रयोगले उर्जा युरेनियम, फलाम, स्टील, तामा, पित्तल, कोइला आदि दुर्लभ हुन थालेका छन् । हात–हतियारको लागि बम–बारुद बनाउन तथा परमाणु परीक्षण गर्दा ठूलो मात्रामा उर्जा उत्पन्न भई ओजोन तहलाई समेत प्वाल पारीसकेको छ । सूर्यबाट आउने चर्को घामले गर्दा संसारको तापमान सन् २०५० सम्ममा तीन डिग्रीले बढ्ने सम्भावना रहेको छ । धरतीको ‘ईको सीस्टम’ बिग्रिन थालेको छ । विकासोन्मुख देशहरुको अर्थव्यबस्था भताभुङ्ग हुने चरणमा छ । मधेस तराइमा भूमिगत जल सुक्दैछ । हिमाल पहाडतिर सफा पानीको जोहो गर्न मुस्किल छ । प्लास्टिकजन्य फोहर तथा अन्य ठोस तथा कुहिएको फोहर बस्तुले गर्दा मानिसहरु निरोगी भएर बाँच्ने अवस्था छैन । मानिसहरुको स्वास्थ्य र दीर्घ जिवनलाई वातावरणीय प्रदूषणले ठूलो संकट खडा गरेको छ । जलवायु संकटलाई निम्त्याउने धनी देशहरुले यसको जिम्मेवारी बोध गर्नु पर्दछ र जलवायु संकटले गर्दा भएको हानीनोक्सानी वापतको क्षतिपूर्ति तिर्नु पर्दछ । वातावरणीय संकटलाई जसरी भएपनि सन्तुलनमा ल्याउनु जरुरी छ ।
जलवायु परिवर्तनले विश्वलाई नै चुनौति दिइरहेको अवस्थामा संयुक्त राष्ट्र संघीय कार्यक्रम ग्ल्ँऋऋऋ को अगुवाईमा जलवायु परिवर्तनको असरलाई कम गर्नको लागि सन् २००५ देखि नै निरन्तर रुपमा बैस्विक सम्मेलनहरु प्रायजसो हरेक वर्ष नै आयोजना गरिन्छ । जलवायु परिवर्तनका असरलाई कम गर्नको लागि ‘हरितगृह प्रभाह’लाई घटाउँदै लाने प्रयासहरु भइरहेको छ । तर प्रयासमा सफलता हासिल हुन सकेको छैन । जलवायु परिवर्तन सम्बन्धमा गरिएको सम्मेलनलाई च्भ्म्म्ं को नाम ले पनि चिनिन्छ । यस सम्मेलनलाई अयलाभचभलअभ या तजभ उबचतष्भक तय तजभ अयलखभलतष्यल ऋइए पनि भनिन्छ । कोप–२८ को यही २०२३ को ३० नोभम्बर देखि १२ डिसेम्बरसम्म चल्ने कार्यक्रममा जलवायु संकटबाट सिर्जित समस्याहरुको बारेमा छलफल र बहस जारी छ । यसपाली कोप–२८ को विश्व सम्मेलन युएईको दुबई सहरमा आयोजना गरिएको थियो । विकासशील देशहरुले यस सम्मेलनबाट बढी अपेक्षा गरेका छन् । धनी देशहरुले कार्बन उत्सर्जनमा कमि ल्याउनुपर्छ र कुनै वातावरणीय क्षति नपुर्याउने राष्ट्रहरुलाई पुगेको वातावरणीय क्षतिको मुल्य बराबरको क्षतिपूर्ति रकम तिर्नुपर्दछ । जलवायु संकट घटाउन जलवायु कोष खडा गर्ने र त्यसलाई गरीब तथा विकासशील देशहरुमा वनजंगलको संरक्षण गर्ने कार्यहरुमा खर्च गर्ने अपेक्षा गरिएको छ ।

Author

You may also like