खेल मुख्य

चुलाचुली बोर्डिङमा बास्केटबल

दमक, २६ मंसिर ।
दमक १ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले अन्तरसदनात्मक छात्रछात्राको बास्केटवल प्रतियोगिता सम्पन्न गरेको छ ।
बुधबारदेखि शुरु भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा छात्रातर्फ क्यामेलिया सदन र छात्रतर्फ यूनिस भट्टराई सदन प्रथम भएको छ । खेल शिक्षक विनोद भण्डारीका अनुसार छात्रातर्फ क्यामेलियाले अर्केड सदन र छात्रतर्फ यूनिस सदनले निस्मा चौहान सदनलाई हराउदै विजयी बन्न सफल भएको थियो । प्रतियोगितामा छात्रातर्फ उत्कृष्ठ खेलाडी र उत्कृष्ठ स्कोररका रुपमा दृष्ट्रि सम्बाहाम्फे पुरस्कृत भइन् ।
छात्रतर्फ उत्कृष्ठ खेलाडी र उत्कृष्ठ स्कोररका रुपमा यूनिस सदनका निङवाहाङ लावती पुरस्कृत भए । छात्रतर्फको खेल ६ टिमबीच लिग कम नकआउट प्रणाली र छात्रातर्फको खेल भने ३ टीमबीच राउण्ड रोविन प्रणालीमा खेलाइएको थियो । खेलका विजेता, उपविजेता टिमलाई स्कूलका संस्थापक निर्देशक मनोज राई, प्रिन्सिपल चन्द्रप्रकाश राई लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Author

You may also like