Banner

उत्साहका साथ उम्मेदवारी मनोनयन

दमकमा ५२ पदका लागि २०५ को उम्मेदवारी

दमक/यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको वैशाख ११ र १२ गते देशैभर उत्साहका साथ उम्मेदवारी मनोनयन भएको छ । केन्द्रबाट नै नेकपा एमाले विरुद्ध पाँच दलीय गठबन्धन बने तापनि स्थानीय तहमा आइपुग्दा कतै राप्रपा लगायतका केही दलहरुले सत्ता गठबन्धनसँग तालमेल गरेका छन् भने कतै एमालेसँग राप्रपाको पनि तालमेल भएको पाइन्छ ।
यसैक्रममा दमक नगरपालिकामा ५२ पदका लागि २०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरपालिकाको प्रमुख पदमा १७ जना, उपप्रमुखमा ११ जना, १० वडाध्यक्षका लागि ४८ र विभिन्न वडा सदस्यहरुका लागि १ सय २९ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्ता गर्नेहरुमा नगरप्रमुखमा नेकपा एमालेका तर्फबाट गीता अधिकारी पौडेल र गठबन्धनका तर्फबाट राप्रपाका राम थापाको उम्मेदवारी परेको छ । त्यसैगरी मौलिक जरोकिलो पार्टीबाट राजकुमार दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट कृष्ण राया, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट याम बहादुर लिम्बू, किरात खम्बुवान साझा पार्टीबाट देउकुमार राई, मंगोल नेशनल अर्गनाइजेशन बाट दिपेश कुमार राई, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र पौडेल, विवेकशील साझा पार्टीबाट रेवतचन्द्र भण्डारी, नेपाली जनता पार्टीबाट रामप्रसाद तिम्सिना, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज राई, जनता समाजवादी पार्टी नेपालबाट पवन विष्ट तथा
स्वतन्त्रबाट क्रमशः निलकण्ठ सापकोटा, विरसिंह धिमाल, कृष्ण खनाल, नेत्रजंग थापा र कमल पराजुली  रहेका छन् ।
उपप्रमुखका उम्मेदवारहरुमा नेकपा एमालेको तर्फबाट अम्बिका खनाल, गठबन्धनबाट नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाई, मौलिक जरोकिलो पार्टीबाट खेमकुमारी ओली, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेरी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णुमाया भट्टराई थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनमाया मगर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बासुदेव भट्टराई, मंगोल नेशनल अर्गनाइजेशनबाट पुष्पा शेर्मा, नेकपा एकीकृत समाजवादीबाट महेश घिमिरे, नेपाली जनता दलबाट पार्वती कार्की तथा स्वतन्त्रबाट रुकमिणी विष्ट रहेका छन् ।
यस्तै वडाध्यक्षको उम्मेदवारहरुमा एमालेका हरि प्रसाद न्यौपाने, १ मा गठबन्धनबाट राप्रपाका तारा अधिकारी,र संघीय लिम्बुवान राष्ट्रिय मञ्चका मोहन कुमार लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका जितबहादुर पालुङ्वा, स्वतन्त्रबाट भुवन अर्याल र किशोर कुमार कार्की, २ मा एमालेका प्रजापति सापकोटा, गठबन्धनबाट माओवादी केन्द्रका  रुद्र कार्की, नेकपा एसका टिकाराम प्रसाई, स्वतन्त्र प्रकाश बस्नेत र राजु धिमाल, ३ मा एमालेका नविन बराल, गठबन्धनबाट काँग्रेसका डिल्ली चापागाईं, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कमल योङ्हाङ, मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार तामाङ, स्वतन्त्र गणेश बहादुर थापा, ४ मा एमालेका झसराज ढकाल, गठबन्धनबाट काँग्रेसका पुण्य प्रसाद दाहाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खलबहादुर लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका चन्द्रकुमार साम्वा, ५ मा एमालेका इन्द्रबहादुर गुरुङ, गठबन्धनबाट काँग्रेसका धनबहादुर भट्टराई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामकुमारी चेम्जोङ, उन्नत लोकतान्त्रिक पार्टीका शेरबहादुर कठैत, नेकपा एसका हरि प्रसाद नेपाल, ६ मा एमालेका टेकबहादुर थापा, गठबन्धनबाट माओवादी केन्द्रका यामजी श्रेष्ठ, स्वतन्त्रमा नोबलचन्द्र गुरागाई, ७ मा एमालेका राधाकृष्ण आचार्य, गठबन्धनबाट राप्रपाका भिम पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पदम बेघा, स्वतन्त्र मनहाङ सुब्बा, ८ मा एमालेका धर्मप्रसाद दाहाल (दिपेश), गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश तिम्सिना, विवेकशील साझा पार्टीका जयप्रसाद विमली, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बेनुकुमार लिम्बू, स्वतन्त्र नवराज घिमिरे र कुलप्रसाद पुरी, ९ मा एमालेका कुवेर भट्टराई, गठबन्धनबाट माओवादी केन्द्रका नगेन्द्र घोर्षाईं, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र कुमार लिम्बू, स्वतन्त्र सोमराज तामाङ, स्वतन्त्र दाताराम सुवेदी र रुद्र प्रसाद चिमरिया १० मा एमालेका बोधराज न्यौपाने, गठबन्धनबाट काँग्रेसका राजेन्द्र भण्डारी, नेकपा एसका रामप्रसाद लुइँटेलले उम्मेदवारी दिएका छन् ।

कमलमा गठबन्धनका उम्मेदवार
यसैगरी कमल गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रदेश कमिटी सदस्य हुकुमसिंह राईले अध्यक्षमा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका परशु सुवेदीले उम्मेदवारी दिएका छन् । वडाध्यक्षहरुमा भने १ मा काँग्रेसका केदार कटुवाल, २ मा नेकपा एकीकृत समाजवादीका अशोक लिम्बू, ३ मा काँग्रेसका गौरीमान फागो, ४ मा संघीय लिम्बुवान मञ्चका सूर्य योक्पाङ्देन, ५ मा माओवादी केन्द्रका लालबहादुर (एलबी) विष्ट, ६ मा जनता समाजवादी पार्टी (जसपा) का प्रेम राई र ७ मा माओवादी केन्द्रकै रविन गुरुङ (रामबहादुर गुरुङ) ले उम्मेदवारी दर्ता गरेका छन् । वडा सदस्यहरुमा गरी सबै ३७ पदमै गठबन्धनबीच ताममेल गरी उम्मेदवार मनोनयन गरिएको जानकारीमा आएको छ ।

कमलमा एमालेका उम्मेदवार
कमल गाउँपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेका उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन् । जसअनुसार अध्यक्षमा भिम राई र उपाध्यक्षमा प्रमिला तिवारी न्यौपाने रहेका छन् । वडाध्यक्षहरुमा भने क्रमशःः १ नम्वरबाट श्याम बहादुर कार्की, २ मा धन बहादुर बस्नेत, ३ मा अग्नि प्रसाद कोइराला, ४ मा चन्द्र प्रसाद भट्टराई, ५ मा खगेन्द्र तिवारी, ६ मा नरेन्द्र भट्टराई र ७ मा पृथ्वीपति राईले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयनका लागि केर्खादेखि बाजागाजा सहितको ¥याली निकालेर गाउँपालिकाको कार्यालयसम्म एमालेका उम्मेदवार तथा समर्थक शुभेच्छुकहरु पुगेका थिए । कमलमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी एमालेका तर्फबाट ३७ जनाले उम्मेदवारी दिएका छन् ।

कमलमा राप्रपाको उम्मेदवारी
उता राप्रपाले पनि एकल रुपमा उम्मेदवारी मनोनयन गरेको झापा जिल्ला संगठन विभाग प्रमुख दिपक खरेलले जानकारी गराए । उनका अनुसार अध्यक्षमा विक्रम अधिकारी  र उपाध्यक्षमा तारा अधिकारी बस्नेतको उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्षहरुमा भने क्रमशः १ मा फडिन्द्र भण्डारी, २ मा सन्तोष दाहाल, ३ मा कुल बहादुर खड्का, ४ मा प्रेम लिम्बू, ५ मा खड्ग बहादुर श्रेष्ठ, ६ मा सत्यनारायण ताजपुरिया र ७ मा गंगाराम पाण्डेले उम्मेदवारी दिएका छन्  । काँग्रेस, एमाले र माओवादी केन्द्रभन्दा फरक विचार र एजेण्डा बोकेको पार्टी भएकाले कमल गापामा अलग्गै उम्मेदवारी दिएको नेता खरेलले प्रकाश पारे ।

You may also like