मुख्य लेख

बोक्सी आरोप र बलात्कार जघन्य अपराध

विश्वका तिनै महिला चन्द्रमाको सफल यात्रादेखि वैज्ञानिक अनि उत्कृष्ट राजनीतिज्ञ लगायतका स्थानमा आसिन भसइकको आजको एक्काइसौ सताब्दिमा नेपालमा भने महिलालाई बोक्सीको आरोपमा अनेक यातना दिइनु निन्दनीय अपराध हो । रमिते बनेका समाज र यातना दिने समूह समाजका गोब्रे किरा हुन् । सन्तानलाई जन्म दिने आमाको कोखमा लात हानेर महिलालाई अपमान गर्ने, बलात्कार गर्ने जो कोही पनि तिनै कोखबाट जन्मिएका कुलंघार हुन् ।
आमा, संसारमा रहेका हरेक मानिस र प्राणीको प्रीय शव्द हो । यो शव्द भन्दा अर्को कुनै उत्कृष्ट र ममता लगायतका देनले भरिएको शव्द संसारमा छैन् । तिनै आमा जो सन्तानको सुखकालागि अहोरात्र काम गर्छिन, सर्मिपित हुन्छिन्, तिनै आमा हरेक दुःख र पीडामा सन्तानको मुस्कानकालागि भित्र रोएर पनि बाहिर हाँस्छिन् । तिनै आमा सन्तानको जन्म दिँदा दिँदै आप्mनो ज्यान बाजीमा राख्छिन र मृत्यवरणसम्म रोज्छिन् । तिनै आमा जसले आप्mनो छाती चुसाएर हुर्काउछिन् अनि राती नसुतिकन सन्तानको हेरविचार गर्छिन् । तिनै आमा जो भोको बसेर भएपनि सन्तानको भलो चिताउछिन् । तिनै आमा आज बोक्सी, फोहोरी, पाखे, औंठाछाप वेश्या आदि आदि आरोप र सोही अनुसारको घृणित व्यवहारबाट प्रताडित छिन् । आरोप पनि अनेक छन् । आफुलाई धनी, शिक्षित ठान्नेहरु आमा बाबुलाई पाखे सम्झिन्छन् र साथमा राख्न चाहँदैनन् । तिनै आमाले जन्म दिएका छोरीहरु, छोराहरु, आमा बाबु या ससुरा सासुलाई धर्मशालामा पुर्याउन उध्धत छन् । तिनै सन्तान, आफन्त आमा, छोरी चेलीबेटी अनि छरछिमेकी मिलेर बोक्सी जस्तो अमानवीय जघन्य अपराध गर्न÷ गराउन लागिपरेका छन् । साँच्चै भन्नुपर्दा गिरोह नै खडा भएको छ । कतै देह व्यापारमा लगाउन त कतै विदेश या स्वदेशमै बेच्न अनि चरम यौन शोषण गरेर तृप्ति खोज्नेहरुको संख्या दिनानुदिन वढ्दै गएको छ ।
यस्ता घटना त हरेक दिन विभिन्न स्थानमा भइरहेका छन् । धेरैजसो यस्ता निक्रिष्ट घटना समाजका अगुवा भनाउँदाहरुले पैसा र पदको घमण्डमा मिलाउने गर्छन् । आफन्तले नै आफन्तको उठिबास लगाउँछन् । बलात्कार गर्छन् । पिडितलाई अझ उल्टै दोषी देखाएर, धम्काएर परिवारका अन्य सदस्यहरुलाई ललाइफकाई नभए धाक धम्की देखाएर घटना ढाकछोप गर्ने गरिन्छ । यति नभए पिडकलाई कि त भगाइन्छ, कि त अदालतबाट नै विचौलियामार्फत उन्मुक्ति दिइन्छ । आजसम्मको न्याय यस्तै यस्तै रहँदै आएको कुरा घाम जस्तै छर्लङ छ । मानवता हराएका र पशुसम्मको जति पनि ज्ञान र बुद्धि नभएका अनि यौन पिपासुहरुको ठूलै दबदबा रहेको आजको अवस्थामा मानिसले मानिसको मर्म नबुझ्दा यस्ता निन्दनीय घटना सिर्जना गरेका छन् । र, यसका ठेकेदार पनि यहि समाजमा खुलेआम घुमिरहेका छन् । उनीहरुलाई साथ दिइरहेका छन् यही समाजमा हुर्केवढेका, पढेलेखेका अनि सम्भ्रान्त परिवारका ठान्नेहरुले । जसले मानवको मर्म समानता र भोक बुझ्दैन, उ सम्भ्रान्त परिवार त के मानवका नाममा दानव हो भन्दा गलत नहोला ।
बोक्सा बोक्सी लगाउनु र यातना दिनु समाजको जघन्य अपराध हो भन्ने कुरा जान्नेहरुबाट नै यस्ता कार्य हुनेगरेका छन् । बोक्सा बोक्सी, धामीझाँक्री समाजमा फैलिएका र पैmलाइएका गलत संस्कार हुन् । ठूला भनाउँदाहरुले सानालाई आप्mनो बसमा राखेर उनीहरुबाट काम गराउने, फाइदा उठाउने माध्यम मात्र हुन् । प्रकृतिका हरेक वस्तुमा आप्mनै गुण र शक्ति हुन्छ । यी शक्तिहरुको सही ठाउँमा सदुपयोग गर्न सक्नु पर्नेमा हाम्रो देशमा भने यस्ता व्यक्तिगत शक्तिको दुरुपयोग भएको हामीले देखिरहेका छौं । यिनै व्यक्तिहरु आज समाजमा आप्mनो शक्तिको दुरुपयोग गरेर धामीका नाममा या साधुबाबाका नाममा समाजमा यस्ता घटना बढाइरहेका छन् । केही मानिसहरु जन्मदै र उमेरसँगै भिन्न शक्ति लिएर जन्मिएका हुन्छन् । कसैमा केही प्राकृतिक शक्ति हुन्छ । उनीहरुले छोएमा या मत्र उच्चारण गरेमा विरामी व्यक्तिमा सकारात्मक प्रभाव पर्न जान्छ । यही केही उदाहरणहरुलाई अनावश्यक प्रचार गरेर चिकित्सा विज्ञानलाई नै प्रभावित पार्ने कार्य भएका छन् । माथी भनिएजस्तै मानिसको सोच र भ्रमलाई केही कम गराउन र केही केही अवस्थामा सहयोगी पनि भएका घटनाहरु छन् । उनीहरुले पनि समाजमा सकारात्मक सन्देश दिनुपर्नेमा गैर जिम्मेवार र हिंसात्मक काम गर्नु आप्mनो शक्तिको दुरुपयोग गर्नु हो । यसले समाजलाई अनावश्यक भ्रम छरिरहेको छ ।
यसरी नै बोक्सा बोक्सी पनि समाजको कलंक हो । कुनै मानिसले चाँहदैमा यस्तो हुँदैन । समाजले हेपेका एकल महिला या शक्ति नभएका महिला या पुरुषमा लगाइने लान्छना मात्र हो । कतै कतै कुनै मानिसमा केही फरक शक्ति रहेको हुन्छ । त्यो फरक शक्तिलाइ नै समाजले गलत अर्थ लगाएर हेप्ने बाहना बाहेक विज्ञानले बोक्सा बोक्सी हुन्छ भनेर प्रमाणित नगरेको कुरा हो । यसैले यसका पछिलागेर हिँडनु कसैलाई आरोप लगाउनु र समाजमा नराम्रा घटना सिर्जना गर्ने सबै दोषी हुन् । यस्ता दोषीलाई हदैसम्मको कर्वाही गर्नु हामी सबैको दायित्व हो । यदि गलत कार्यलाई या गलत कार्य गर्नेलाई सहयोग गर्ने या मौन बस्ने हामी सबै समाजका नराम्रा मानिसमा गनिन पुग्छौं ।
आजको एक्काइसौ शताब्दिमा पनि यस्ता अन्धविश्वासको पछि लागेर निरीहमाथी दमन गर्ने जो कोही पनि समाजका र देशका भार मात्र हुन् । यस्ता भारलाई अबको सरकारले हदैसम्मको सजाय दिन सक्नु नै सरकारको उपस्थिती रहेको मान्न सकिन्छ । अर्कोतर्फ, विभिन्न खाले अन्धविश्वास र कुरितीलाई पाठ्य पुस्तकमा नै समावेश गरेर हरेकखाले कुसंस्कार र अन्धविश्वासलाई बालबालिकाले सानैदेखि वुभ्mनु जरुरी छ । नेपालमा अर्को अन्धविश्वासको जरो छाउपडी हो । यसको विश्वासमा कयौं किशोरी तथा आमाहरुले अनाहकमै, अज्ञानताका कारण ज्यान गुमाइरहेका छन् । कति विभिन्न रोगबाट ग्रसित भएर वाँच्न बाध्य छन् । गोठ र छाप्रामा जबरजस्ती राखेर राम्रो पोशिलो खानेकुरा खान नदिएर गतिला कपडा नदिएर बसेकै ठाउँमा मृत्युको मुखमा पुग्ने, सर्पले टोकेर मर्ने जस्ता समाचार दिनहुँ सुन्न पाइन्छ ।
आजको शिक्षित हुँदै गरेको समाजमा देखा परेको अर्को समस्या हो बलात्कार । पशु भन्दा पनि निक्रिष्ट यो कार्य दानवमा पनि नभएको गुण हो । यसले आजको समयमा छोरीचेली असुरक्षित भइरहेको प्रष्ट देखिन्छ । यसरी नै जाति भेद र कथित उचनीच जातिबीच भइरहेका व्यवहारप्रति पनि सबैको ध्यान जानु आवश्यक छ । यस्ता विभेद अन्त्य गर्न सरकार एक्लैले सक्दैन । हामी आम नागरिकको भूमिका उच्च रहनु पर्छ । समाजले हामीलाई के दियो, सरकारले के दियो भन्दा पनि हामीले समाज र सरकारलाई के दियौ भन्नेतर्फ हाम्रो चिन्तन रहनु पर्छ । अब हामी सबैको दायित्व भनेको यस्ता कुरिती र अन्धविश्वासमा लागेर नागरिकलाई विवसतापूर्वक वाँच्न वाध्य पार्ने जो कोहीलाई पनि कानूनको कठघरामा ल्याउन सहयोग गर्नु हाम्रो धर्म सम्झिनु पर्छ । अन्त्यमा बोक्सा बोक्सी, धामीझाँक्री, छाउपडी, बलात्कार र जातिय विभेद समाजका कलंक हुन् र यी कलंक हाम्रै समाजले जन्माएका हुन्, ल्याएका हुन् । कुनै निरिह माथी या आप्mनो कुरा नमान्ने माथि विभिन्न लान्छना लगाएर, डराएर धम्काएर सहन विवश पर्नु भनेको मानिस हैन मानिसको नाममा कलंक हो, उडण्दता हो, स्वार्थ हो, पशुपन हो । यस्ता कामको जति निन्दा गरे पनि पुग्दैन ।

Author

You may also like