मुख्य सम्पादकीय

पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको निधन

झापा । फुटबलका पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ ।

झापाको भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय राईको उपचारको क्रममा विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा हिजो बेलुका निधन भएको हो । केही दिनदेखि अस्वस्थ रहनुभएका राई लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहनु भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०२५ साल फागुन ५ गते जन्मनुभएका राई यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य हुनुहुन्थ्यो भने एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी हुनुभएको थियो ।

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसक्नुभएका राईले २०५६ सालमा फुटबल खेलबाट संन्यास लिनुभएको थियो ।

फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा झापा गोल्डकपले २०७५ फागुन २५ गते र भद्रपुर झापा गोल्डकपले २०७९ फागुन १७ गते उहाँलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो । स्वर्गीय राईको श्रीमती र दुई छोरी हुनुहुन्छ ।

Author

You may also like