दमक।११ मंसिर
मेचीनगरको धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा पुनः प्रेमप्रसाद फलाहारीको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।
शनिबार सम्पन्न कार्यक्रममा पुस्तकालयमै समर्पित संस्थापक अध्यक्ष फलाहारीलाई पुनः अध्यक्ष चुनेर नयाँ कार्य समिति निर्माण भएको निर्वाचन समिति संयोजक विनोद खनालले जनाए ।
समितिको उपाध्यक्षमा रामप्रसाद दाहाल, महासचिवमा गंगाप्रसाद भट्टराई, सचिवमा सुदर्शन बराल, कोषाध्यक्षमा कुलबहादुर भण्डारी तथा सदस्यमा ललित अग्रवाल, राधादेवी घिमिरे, लक्ष्मीदेवी शर्मा, रिसव आचार्य र शालिग्राम दाहाल चुनिएका छन् ।