मुख्य लेख स्वास्थ्य

थाइराइड समस्या किन र कसरी हुन्छ ?

डा. लेखनाथ न्यौपाने

थाइराइडबाट धेरै मानिसहरु पिडीत भएको देख्न र सुन्न पाइन्छ । जसरी थाइराइड बारेमा डर त्रास उत्पन्न भएको छ गाउँ समाजमा जस्तै थाइराइड भएमा सन्तान नहुने, रोग कहिल्यै निको नहुने या बाचुन्जेल औषधी सेवन गर्नुपर्ने त्यस्तो भने केहि होइन् । घाँटीमा रहेको थाइराइड ग्रन्थी ( गाउँ घरको भाषामा गाँड) ले एक प्रकारको हर्मोन (रसराग) उत्पादन गर्छ । यो रसरागले हामीले खाएको खानाबाट शक्ति उत्पादन गर्न सहयोग गर्छ । यही रसरागको उत्पादनमा कमी या बढी भएमा शरीरले देखाउने केहि लक्षण र चिन्हहरुको समग्रता नै थाइराइड हो । पुरुषमा भन्दा महिलाहरुमा अलिक वढी स्ांख्यामा देखापर्ने यो समस्या समयमा नै पत्ता लगाई ग्रन्थीलाई सामान्य सक्रिय बनाउने औषधीको सेवन गेरमा निको हुन्छ ।
हाम्रो शरीर विशेष प्रकारका अंग र ग्रन्थीहरुबाट बनेको हुन्छ । शरीरमा रहेका असंख्य ग्रन्थी र अंगहरुमध्ये एउटा हो थाइराइड । जो घाँटीको अगाडी दाँया बाँया भएर पुतली आकारमा रहेको हुन्छ । यसैसँग टाँसिएर पाराथाइराइड ग्रन्थी बसेका हुन्छन् । पाराथाइराइडको मुख्य काम भिटामिन डी को उत्पादन हो । भीटामिन डी को सहयोगमा शरीरलाई मजबुत बनाउने र हड्डी बलियो बनाउने क्याल्सियमको उपयोग हुन्छ । जसमा चिल्लो पदार्थको पनि आवश्यकता पर्छ । पहिलाको समयमा विशेष गरेर पहाड र हिमालमा वस्ने मानिसहरुमा आयोडिनको कमी भएका कारण गलगाँड आउने गर्दथ्यो । शरीरलाई चाहिने आवश्यक तत्व (थाइराईड हर्मोन जसमा थाइरोक्जिन/ट्राइ आयोडोथाइरोक्सिन मुख्य हुन्) उत्पादन गर्न आप्mनो आकार वढाएरै भए पनि पुरा गर्ने शारीरिक सक्रियता थियो । र, आज पनि शरीरको यहि प्रक्रिया कायम छ । हो उही कुरा आजको वैज्ञानिक युगमा विरामको रुपमा व्याख्या गरिएको हो । तर गाँड मात्र वढनु र हर्मोनको कमीवेसी हुनुमा भने केहि फरक हुनसक्छ । गाँढ वढेर ठूलो हुँदा पनि शरीरमा कुनै लक्षण या चिन्ह देखा नपर्नु गाँड अथवा आयोडिनको कमी मात्र हो भने नवढीकन पनि विभिन्न लक्षण र चिन्न देखापर्नु थाइराइड हो ।
हाम्रो शरीरमा अनेकांै प्रकारका रसराग (हर्मोन) सक्रिय हुन्छन् । हरेक हर्मोनको आ-आप्mनै काम हुन्छ । यस्तै क्रममा थाइराइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनको पनि आप्mनै काम हुन्छ । यो काम भनेको हामीले खाएको खानेकुरालाई राम्रोसँग पचाउनु र शक्ति उत्पादन गर्नु हो । यसका लागि शरीरलाई चहिने आयोडिनको शोषण गरेर ग्रन्थीमार्फत टाउकाको पछाडी भागमा रहेको पिट्युटरी ग्रन्थीको निर्देशनमा निस्कने थाइराइड स्टिमुलेटिङ हर्मोनले आवश्यक मात्रामा थाइराइड हर्मोन उत्पादन गर्नु हो । जसले पाचन प्रणालीलाई नियन्त्रण गर्छ । जसरी शरीरमा गुलियो पदार्थलाई पचाउने इन्सुलिन हुन्छ । जसको कामी भएमा मधुमेह अथवा चिनी रोग लाग्छ त्यसरी नै थाइराइड हर्मोनको कमी भएमा मानिस मोटो हुने, छाला फुस्रो हुने, भोक नलाग्ने, चाडो चिसो लाग्ने र वढी भएमा मानस दुब्लो हुदै जाने, गर्मी धेरै लाग्ने, भोक धेरै लाग्ने, राती सुतेका बेलामा मुटु अनावश्यक रुपमा धड्किने, कमजोरी महशुस हुने जस्ता लक्षणहरु देखा पर्छन् । माथी भनिएका लक्षण देखिएमा अथवा शरीर अनावश्यक रुपमा मोटो हँुदै गएमा या पातलो हुँदै गएमा एक पटक मधुमेह र थाइराइडको जाँच गराउनु आवश्यक हुन्छ ।
थाइराइडको जाँच सबै ठाउँमा नहुने, रिपोर्ट आउन समय पनि लाग्ने र केहि खर्चिलो पनि हुने हुँदा सर्वसाधारणसम्म यो रोगको जाँच हुनसकेको छैन् । समयमा जाँच नहुँदा या रोगको पहिचान नहुँदा माथि भनिएका पीडा सहेर वस्न विरामीहरु वाध्य छन् । नेपाल सरकारका स्वास्थ चौकी हरेक गउँपालिकामा भएपनि रक्त परिक्षण नहुने, औषधी नपाइने, स्वास्थकर्मी नियमित नबसिदिने कारणले र थाइराइड सम्बन्धी टे्रनिङ नदिएका कारण समयमा नै पहिचान हुनसकेको छैन । दुर-दराजका विपन्न परिवारले यो रोगका बारेमा जानकारीसम्म पाउन सकेका छैनन् । सरकार र सरोकारवालाले यस्ता रोगका बारेमा गाउँ गाउँमा सचेतना र धुम्ती शिविर मार्फत जनचेतना जगाउने र रगतको परिक्षण गर्ने व्यवस्था मिलाउनु आवश्यक देखिन्छ ।


परीक्षण ः थाइराइड हो या हैन भनेर रगतको विशेष जाँच हुन्छ । यसको नाम हो टीएफटी (थाइराइड फङसन टेष्ट) । नेपालमा केहि ठाउँमा मात्र यसको जाँच हुनेहुँदा र नीजि ल्याबमा महंगोहुँदा सर्वसाधारणले चाहेर पनि आफुलाई यो समस्या छ या छैन भनेर थाहा पाउन सकिरहेको अवस्था छैन । यसरी नै रोग पत्ता लागेपछि पनि यो रोग सम्बन्धी विशेषज्ञ कम हुँदा विरामीले सास्ती पाएको देखिन्छ । हुनत एउटा मात्र औषधी र केहि परहेज भए पुग्ने हुँदा धेरै प्रकारका औषधीको सेवन गरिरहनु पर्दैन । तर पटक पटकको महंगो रगतको जाँच र बाहिरबाट आउने चिकित्सकको चर्को शुल्कका कारण उपचार धेरै महगो भएको छ । सरकारीस्तरबाट सक्रिय रुपमा कार्य भए केहि हदसम्म सहज हुने देखिन्छ ।
उपचार ः रोग लाग्यो भनेर निरासा आउन दिनु हुदैन । यो एउटा सामान्य समस्या हो । यसको समयमै जाँच र उपचार भए अरु स्वास्थ मानिस सरह रमाउन सकिन्छ । शारीरिक व्यायाम, साकाहारी भोजन, शुद्ध पानीको प्रसस्त सेवन, जंक फुड ( बजारे खाना)को कमी, कम्तीमा ७ घण्टाको आराम या निन्द्रा अनि सकारात्मक सोचबाट थाइराइड लगायत धेरै प्रकारका नसर्ने रोगहरुको नियन्त्रण गर्न सकिन्छ । यदि थाइराइड समस्या देखिएमा सामान्यतया फुलकोपी, बन्दकोपी र भटमासबाट बनेका परिकार हाइपोथाइराइडिजम भएका विरामीले खानु हुँदैन । यसले आयोडिनलाई हर्मोनमा परिणत गर्न असहयोग गर्छ भनिएको छ ।
एलोप्याथिक चिकित्सामा मात्र नभएर होमियोप्याथिक चिकित्सामा पनि यसको उपचार सम्भव हुने भएकाले विरामी वर्गमा यसको जानकारी हुनु जरुरी छ । सबै रोगको उपचार एलोप्याथिक चिकित्सामा मात्र हुन्छ भन्ने भ्रम रहेको र भ्रम छरिएका कारण विरामी महंगो चिकित्सा उपचार लिन वाध्य भएका छन् । त्यसैले विरामी वर्गले पनि आफु कुन चिकित्सा पद्धती अपनाउने र सुरक्षित उपचार पाउने भन्ने बारे पनि जनकारी राख्नु उपयुक्त हुन्छ ।

(लेखक रीता होमीयो क्लिनिक सेन्टर दमकका संचालक पनि हुन् ।)

Author

You may also like