भक्तपुर, हनुमन्ते नदि सफाई अभियान र नागरिक सामुदायिक अस्पताल विच प्रीभिलेज स्वरुप हनुमन्ते अभियान्ताहरुलाई अस्पतालबाट उपलब्ध गराउने सम्पुर्ण सुबिधाहरुमा अभियानको सिफारिसको आधारमा २० प्रतिशत छुट दिने सहमति कायम भएको छ ।
अस्पतालबाट निर्देशक भुवन चक्र जोशी,भाईस चेयरम्यान शुरेस श्रेष्ठ, डा.मनिषा कार्की, अस्पताल म्याट्र्न सुन्दरी जोशी एवम हनुमन्ते अभियानबाट उत्प्रेरक रुद्र पौडेल, अगुवा अभियान्ता नरेश रन्जित, मोहन पौडेल, मदन घिमिरे, नबराज काफ्ले विचको छ्लफलबाट सहमति कायम गरिएको हो । सहमति पत्र तयार पारी भोलि नै सम्झौता गर्न अस्पतालबाट डा. मनिषा कार्कीलाई जिम्मेवारी तोकिएको छ ।