मुख्य स्वास्थ्य

आयुर्वेद अस्पताललाई कमलको सहयोग

दमक, २१ वैशाख । झापाको कमल गाउँपालिकाले पालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई ३ लाख बराबरको औषधी सहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कमल ७ लखनपुरस्थित सो आयुर्वेद अस्पताल गाउँपालिकाले विभिन्न किसिमका औषधी लगायतका सामग्रीहरु सहयोग उपलव्ध गराएको हो । अस्पतालमा पुगेर पालिका अध्यक्ष हुकुमसिंह राईले ती स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन् ।

पालिकाले औषधीसहित सर्वसाधारणका लागि जनहितमूलक होडिङ्ग बोर्ड राख्न समेत सहयोग गरेको हो । वर्षदिन अघि सञ्चालनमा आएको सो आयुर्वेद अस्पतालमा विरामीका लागि औषधी अभाव भएपछि पालिकाले त्यस किसिमको सहयोग उपलव्ध गराएको अध्यक्ष राईले बताए ।

दुई साता अघि पनि दमक नगरपालिकाले ३ लाख बढी मूल्यका विभिन्न आयुर्वेद औषधीहरु सहयोग गरेको थियो ।

Author

You may also like