मुख्य

रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु

दमक, १७ पुस । रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

‘हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको छ।’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले भने, पूर्ण विवरण केहीबेरमा सार्वजनिक गर्छाैं।’

योसँगै रुस-युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको छ। यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन्। 

You may also like