Banner राजनीति स्थानीय

कांग्रेसको महासमिति निर्वाचन कात्तिक २२ मा

बिर्तामोड, १९ कार्तिक

नेपाली कांग्रेस महासमिति सदस्यको निर्वाचन यही कात्तिक २२ गते शुरु हुने भएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा शनिबार सम्पन्न जिल्ला कार्य समितिको विस्तारित बैठकले कार्तिक २२ गते महासमिति सदस्यको निर्वाचन प्रक्रिया शुरु गर्ने निणर्य गरेको हो ।
झापाका पाँचवटै क्षेत्रबाट ११/११ जना गरी ५५ जना महासमिति सदस्य उक्त निर्वाचनबाट निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्र-क्षेत्रमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृत तय गरिएको छ । नेपाली कांग्रेसको विधान बमोजिम झापाका पाँचवटै क्षेत्रमा २ महिलासहित ७ जना खुल्ला, खसआर्यमा १ महिला १ खुला एवं आदिबासी/जनजातिबाट १ महिला १ खुलासहित ११ जना निर्वाचित हुनेछन् । सहमतिमा चयन नभएको अवस्थामा २३ गते मतदान हुने र सम्बन्धित क्षेत्रका क्षेत्रीय प्रतिनिधिले मत दिनेछन् ।
बैठकले जाँजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति दुःख ब्यक्त गर्दै यथासक्य राहत, उद्धार र पुनस्र्थापन कार्यक्रम तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेको सचिव कृष्ण हुमागाईले जनाए ।

You may also like