खेल मुख्य

अन्तर हस्पिटल फुटसल सुरु

दमक, १४ असोज-
दमकमा पहिलोपटक कोशी प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिता सुरु भएको छ ।
सिटीसी फिजियोथेरापी, बिस्ट फेक्ट्री र रोपाना वेलनेश सेन्टरको संयुक्त आयोजनामा बिस्ट फुटसल मैदानमा आयोजित प्रतियोगिताको शनिबार दमक नगरपालिकाकी कार्यबाहक नगर प्रमुख रेगिना भट्टराई प्रसाईले उद्घाटन् गरेकी छन् । सो क्रममा उनले स्वास्थ्यका लागि खेलकुद अनिवार्य भएको बताइन् । निजीस्तरबाट हुने यसखाले प्रतियोगिताले समाजमा सकारात्मक योगदान दिने उनले विश्वास व्यक्त गरिन् ।
प्रतियोगिताको उद्घाटनमा दमक नगर खेलकुद विकास संयोजक भिमराज चम्लागाई, दमक उध्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रतियोगितामा कोशी प्रदेशका एक दर्जन अस्पतालहरुको सहभागिता रहेको आयोजक समिति संयोजक विनोद भट्टराईले जानकारी दिए ।
प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्मका खेल शनिबार हुनेछन् भने सेमी र फाइनल २० असोजमा हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ३०, उपविजेताले २० हजारसंगै ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । उत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता खेलाडीले पनि जनही ५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

Author

You may also like