दमक, १४ असोज-
नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले शुक्रवार कमल गाउँपालिकामा विद्यार्थीहरुका लागि डेंगु रोग सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
कमल -५ पाडाजुंगीस्थित स्मारिका सामुदायिक बोर्डिङ्ग स्कूलमा सञ्चालन गरिएको अभिमुखीकरणमा अभिमुखीकरणमा रेडक्रस कमलका सभापति समेत स्वास्थ्यकर्मी चन्द्र साहले एजिप्टाई जातको पोथी लामखुट्टेबाट सर्ने डेंगु रोग संक्रमण तथा रोकथामका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा, माध्यमिक तहमा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अनुशिक्षणमा उपशाखाका सचिव पारषमणि राई, उपसचिव विष्णु सुब्बा सहित शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । जिल्ला रेडक्रस झापाले जिल्लाका १५ वटै पालिकामा डेंगु रोग थप फैलिन नदिन सचेतनामूलक प्रशिक्षणको आयोजना गरिआएको छ ।