मुख्य राजनीति

मुख्यमन्त्री कार्कीलाई कांग्रेसले विश्वासको मत नदिने

दमक, १४ असोज-
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने निणर्य गरेको छ ।
कोशी प्रदेशस्थित कांग्रेस संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको कोशी प्रदेशका प्रमुख सचेतक समेत रहेका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए । कांग्रेसले दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने निणर्य पनि गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफ्नै नेतृत्वका सरकार निर्माण गर्ने कांग्रेसको रणनीति छ । कार्कीले असोज २० गतेसम्ममा विश्वासको मत दिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।
यसैबीच, प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका छन् ।
कोशी प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणर्य गरेको थियो ।
सोही अनुसार सिफारिस भएपछि प्रदेश प्रमुखले अधिवेशन असोज १७ गते दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।
४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको भन्दै खेद प्रस्ताव समेत पारित गरेको छ ।

Author

You may also like