कला/साहित्य/संस्कृति मुख्य

‘नाङ्गो गाउँ’ तथा ‘एक भगवत र एक गीता’ प्रदर्शन

दमक, ३१ भदौ
देशभर शुक्रबारे रिलिजका क्रममा नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीता’ ले सुरुवाती व्यवसाय राम्रो गरेको छ ।
चलचित्र हेर्ने दर्शकको चाप रहेको छ । मल्टिप्लेक्सहरुमा समेत चलचित्रले राम्रो व्यवसाय गरेको छ । दर्शकको चाप सुखद देखेपछि ‘नाङ्गो गाउँ’ को निर्माणपक्ष उत्साहित देखिएको छ । निर्माता हिमाल शर्माले चलचित्रलाई दर्शकले राम्रो भनेर प्रतिक्रिया दिएको र दर्शकको भिडभाडमा चलचित्र प्रदर्शन भइरहेको जनाए । शनिवार सार्वजनिक विदा परेकाले दर्शकको उपस्थिती भिडभाडमय वन्यो ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा जनतालाई मतदानको विषयमा सचेतना सहितको सन्देश रहेको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, विशाल पहारी, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
हिमाल कडरियाको प्रस्तुति रहेको चलचित्रमा जय श्रेष्ठको लगानी छ । जसमा कार्यकारी निर्माताका रुपमा रामहरि श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, लामो धार्मिक विवादपछि प्रदर्शनको अनुमति पाएको चलचित्र ‘एक भगवत र एक गीता’ पनि एकसाथ प्रदर्शनमा आएको छ ।


चलचित्रको नामलाई लिएर १३ हिन्दु धार्मिक संस्थाले विरोध जनाएपछि चलचित्रको सेन्सर प्रक्रिया रोकिएको थियो । चलचित्र विकास बोर्डमा भएको सर्वपक्षीय छलफलले ‘एक भगवत र एक गीता, सामाजिक कथा’ नाममा सहमति जुटाएसँगै बोर्डले सेन्सर सिफारिस प्रदान गरेको थियो । सो चलचित्र दमकस्थित पाथीभरा चलचित्र मन्दिरमा समेत दर्शकको राम्रै सहभागितामा ओपनिङ भएको त्यहाँका प्रवन्धक चैतन्य वरालले जनाए ।
चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा महिला पात्रका रुपमा विपिन कार्कीले अभिनय गरेका छन् । विपिनका साथै सुहाना थापा र धीरज मगर शीर्ष भूमिकामा छन् ।

Author

You may also like