देश–समाज पर्यटन मुख्य

बाटोमा छोडि़एको प्यारो ओखलढुंगा

गोपाल झापाली-
(काजी भीम मल्लका सेनाले ढुङ्गाको ओखलमा धान कुटेर खाना खाएको स्थान )
भीम मल्ल नेतृत्वको सेनाको टोलीले तिव्बतको आन्तरिक राजनीतिमा तालमेल नहुँदा तिव्बतको कुत्ति, केरुङ र खासा लगायतका क्षेत्रमा कान्तिपुरको अधिकार स्थापित गर्नुका साथै कान्तिपुरका व्यापारीहरूलाई तिव्बतमा व्यापारिक कोठी र पसलहरू खोल्न पाउने सुविधासमेत मिलाएका थिए ।
यसका साथै तिव्बतका व्यापारीहरू कान्तिपुरकै बाटो भएर व्यापार-व्यवसायका लागि भारतका विभिन्न स्थानमा जाने व्यवस्थासमेत काजी भीम मल्लले मिलाएकाले कान्तिपुरको आर्थिक स्थिति सुदृढ र मजबुत बनेको थियो । काजी भीम मल्लको नेतृत्वमा कान्तिपुरका सेनाले भक्तपुरका केही भू—भाग समेत कान्तिपुरमा मिलाएको थियो ।
तर काजी (सेनापती) ले राज्यनै हड्पन खोजेको आरोप लगाईए पछि प्रताप मल्लले काजी भीम मल्लविरुद्धका आरोपहरूको सत्य तथ्य गहिरोसँग बुझेनन् । उनले तिव्बतमा अर्को प्रशासक पठाएर भीम मल्ललाई कान्तिपुर फिर्ता बोलाए । राजाको बोलावट अनुसार यिनी हनुमानढोका राजदरबारमा हाजिर हुन आए । राजदरबारमा राजालाई दर्शनभेट गर्नुअघि हनुमानढोका दरबार नजिकको मल्ल राजाहरूकी ईष्टदेवी तलेजु भवानीको दर्शन गरी राजदरबारभित्र प्रवेश गर्न लाग्दा, राजा प्रताप मल्लको आदेशपालक सैनिकद्वारा मूलद्वारमै यिनलाई काटियो । यो दुःखद् घटना वि.सं. १७०६ माघ ३ गते ९ को हो ।
काजी भीम मल्लकी धर्मपत्नी भुवनलक्ष्मी मल्लले- ‘देशको भलाई गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै पनि राम्रो नहोस्’ भन्ने श्राप दिएर पतिको चितामा बसेर सती। गएकी थिइन् । त्यस पछि नेपाललाई सतीले सरापेको देश भन्ने गरिएको किम्वदन्ती छ ।

Author

You may also like