दमक/ यस पूर्वसन्देश दैनिकको सल्लाहकार सम्पादकमा पंकज दाहाल नियुक्त भएका छन् । झापाको कमल गाउँपालिका–५ निवासी दाहाल यसअघि यसै दैनिकको सम्पादक र अतिथि सम्पादक रहीसकेका छन् । उनी पूर्वसन्देश दैनिकमा वि.सं. २०६८ देखि औपचारिक र अनौपचारिक रुपमा संलग्न रहँदै आएका छन् । दाहाल विगत २९ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् भने उनले राजधानी काठमाडौंमा रहेर विभन्न दैनिक, साप्ताहिक तथा विद्युतीय संचारमाध्यम रेडियो नेपालमा समाचार संकलन, लेखन तथा सम्पादनको अनुभव संगालिसकेका छन् । उनी नेपाल पत्रकार महासंघ काठमाडौंका पूर्वसचिव समेत रहीसकेका छन्।