दमक, ३१ भदौ
साहित्य कला संगम दमकले बाल निबन्ध संग्रहको लोकार्पण गरेको छ । संगम दमकको आयोजनामा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि बाल साहित्यकार अन्वेषा चापागाई लगायत अन्य अतिथिले संयुक्त रुपमा लोकार्पण गरेका थिए । साहित्यकार धनञ्जय बाँस्कोटाले निबन्ध संग्रह माथि समीक्षात्मक टिप्पणी गरेका थिए । साहित्यकारहरु क्रमशः हेम अधिकारी, खेमलाल पोख्रेल, भूमिप्रसाद दहाल, धनकुटे कान्छा र मंगलमय मा.वि.का प्रधानाध्यापक मोहन कुमार बगालेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा साहित्यकारहरु विवश बलिभद्र कोइराला, पुष्प आर्जे, रुद्र प्रभात, टंक पाठक, शिशिर भट्टराई, कृष्ण उदासी ,दिनेश मण्डु लगायतले रचना वाचन गरेका थिए । साथै कार्यक्रममा साहित्यकारहरु नरपति पाण्डे, ओमप्रसाद खनाल, विरेन्द्र खड्का, ओमप्रकाश गौतम, कमल भट्टराई, रधुनाथ भण्डारी, लता मिश्र, अम्बिका सापकोटा, पुस्ता राई लगायतको उपस्थिति रहेको थियो । प्रकाशित निबन्धहरुलाई उत्कृष्टताको आधारमा पुरस्कृत गरिएको थियो । पुरस्कार पाउनेहरुमा प्रथम प्रेक्षा दुलाल, द्वितीय अनिश न्यौपाने, तृतिय लुना न्यौपाने र सान्त्वना आशुतोष कँडेल, सचिना पोखरेल र सुनिल राया रहेका छन् । विजेताहरुलाई प्रमाण पत्र, मायाको चिनो सहित प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सयका दरले पुरस्कृत गरिएको थियो । साहित्य कला संगमका उपाध्यक्ष बिन्दु दहाल मुकदर्शकले स्वागत गरेको उक्त कार्यक्रम संगमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने संचालन संगमका महासचिव दीपक सुवेदीले गरेका थिए ।

Author

You may also like